logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    समरीमाईमा कुनै पनि जनताले दुःख नपाउने


    २१ चैत्र २०७६ , शुक्रबार

    समरीमाईमा कुनै पनि जनताले दुःख नपाउने

    असलम खान
    मर्चवार, २१ चैत । कोरोना भाइरसका कारण समरीमाईमा कुनै पनि जनताले दुःख नपाउने बातावरण गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला –बब्लुले मिलाएका छन् ।

    उनले गाउँपालिकामा लकडाउनका अवधीमा कसैलाई कुनैपनि समस्या परेको खण्डमा सिधा अध्यक्ष तथा जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत समक्ष फोन गर्न समेत अनुरोध गरेका छन् । उनले यस समयमा कसैले कालावजारी गरेको पाइएमा हदै सम्मको कार्वाही गरिने चेतावनी समेत दिएका छन् । अहिले कोरोनाका कारण बिश्वमा संकट परेको बेला निजि स्वार्थका पछाडी दगुर्ने केहि तत्वका पछाडी कोहि नलागी समग्र मर्चवारीबासीको पक्षमा लाग्न समेत उनले अनुरोध गरेका छन् । अरु समय हामी जे गरेपनि संकटको बेला एकभएर अगाडी बढन समरीमाई गाउँपालिका तयार रहेको शुक्लाले बताएका छन् । पत्रकार संग डिजिटल प्रविधिको माध्याम बाट कुरा गर्दे अध्यक्ष शुक्लाले मर्चवारक्षेत्रमा समरीमाईले जनता संग जोडिएर काम गर्ने भएकाले जनताले कुनै पनि दुःखको अनुभुतिहुन नदिने पनि बताएका छन् । उनले अहिले सबै संग सहकार्य गर्न अनुरोध गरेको बताउदै समरीमाईमा रहेका सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिलाइ जनताको सेवामा लाग्न निर्देशन दिएको पनि बताएका छन् । उनले भने हामी जनताको चाहान र अपेक्षामा टेकेर लकडाउनलाई पुर्ण रुपमा सफल पार्ने प्रविबद्ध छौ । यस अवधीमा आपसमा मिलेर काम गर्ने बातावरण पनि हामीले बनाएको अध्यक्ष शुक्लाले बताए । सिमाक्षेत्र पुर्ण रुपमा बन्द गरेका छौ । गाउँपालिकामा व्यवस्थित क्यारेन्टाईन छ । सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छौ । आईतवार देखि युद्धस्तरमा राहत पनि बितरण गर्दछौ । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र जनप्रतिनिधि जनताको सुरक्षाका लागि २४ औ घण्टा खटाएका छौ । बिद्युल तथा सञ्चारसेवा नियमित बनाउने प्रयास गरेका छौ । कालावजारी गर्नेलाई हदै सम्मको कार्वाही गरिने छ ।एम्बुलेन्स तथा अतिआवश्यक सवारी साधनको तयारी हालतमा राख्न निर्देशन दिएको अध्यक्ष शुक्लाले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.