कोरोनाले विश्वव्यापि रुपमा कहर सृजना गरेको छ । विज्ञहरुका अनुसार कोरोना भाइरसले जेष्ठ नागरिकहरुलाई छिटो र बढि मात्रामा संक्रमित गर्ने बताउदै आएका छन् । नेपाल सरकारले ६० वर्ष उमेर पुगेका नागरिकलाई जेष्ठ नागरिक भनेर उल्लेख गरेको पाइन्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार ८.१३ प्रतिशत अर्थात २१ लाख ५४ हजार ४ सय १० जनसख्या नेपालमा रहेको पाइन्छ । स्वास्थ्य दृष्टिकोण बाट हेर्दा अपबाद बाहेक अधिकास जेष्ठ नागरिकहरुले कुनै न कुनै बिमारीका कारणले औषधी सेवन साथै नियमित उपचार गराइरहेको पाइन्छ । नेपालमा ह्रदय, श्वासप्रश्वास, अाँखा, मधुमेह, रक्तचाप, थाइराइड, स्त्री, चर्म लगायतका रोगहरुले बढि मात्रमा सताउने गरेको पाइन्छ । बुढेस कालमा मानिसका शारीरिक असक्त भए सगै रोग र रोकले सताउदै जान्छ । यस्तो अवस्थामा उनिहरुलाई आफ्नो परिवारको विषेश साथ सहयोग र उचित उपचारको आवश्यकता पर्छ ।
जेष्ठ नागरिकहरुको आफ्ैे दुख, पिडा, बेदनाका फरक कथाहरु रहेको पाइन्छ । हरेका जेष्ठ नागरिक लाई एउटै दृष्टिकोणबाट व्याख्या र विश्लेषण गर्न मिल्दैन किनकी सबैको आ–आफ्नै सास्कृतिक, आर्थिक, समाजिक स्थरिकरण रहेको हुन्छ । कति जेष्ठ नागरिक वृद्धआश्रम, सडक, एकल रुपमा बस्न बाध्य छन् । जे– जस्तो स्तरिकरण भएता पनि जेष्ठ नागरिकलाई बुढेसकालमा आवश्यक हेरचाह, बसोबासको उचित प्रबन्धको आवश्यक पर्छ । बुढ्यौलिमा उत्पन्न हुने शारीरिक दुर्बलता, रोगव्यादी, हिनभावना, एकाकी जीवनबाट पर्ने अप्ठयाराहरुले उनिहरुको जिवनलाई दिनप्रतिदिन जटिल बनाइरहेको हुन्छ । नेपाल सरकारले जेष्ठ नागरिकलाई जेष्ठ नागरिक, वरिष्ठ जेष्ठ नागरिक, असहाय जेष्ठनागरिक, असक्त जेष्ठनागरिक र एकल जेष्ठ नागरिक गरि विभाजन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्वव्यापि रुपमा दिनप्रतिदिन सङ्कट सृजना गरेकोछ । विश्वमा अधिकाशं देशहरुले माहामारी नफैलियोस भनेर आफ्ना सिमा नाका बन्द गर्नुका साथै देशभित्र पनि लकडाउन गरिएकोछ । सिमा बन्द र लकडाउनले गर्दा मानिसका दैनिकी देखि हरेक क्षेत्रमा असरहरु देखिन थालेकाछन् । मानिसहरु घरभित्रै बस्न बाध्यछन् त्यस्तै गरि सिमा क्षेत्रमा कति थुनिएकाछन् । कोरोनाको कहरले बिमारी, मृत्यु र आर्थिक पक्षहरुलाई चुनौति दिएकोछ । कोरोनाको संक्रमणले कहर सृजना गरिरहदा अन्य रोगव्यदी, बिमारी र समस्याहरुलाई छाया पारेको छ । वर्तमान समयमा ज्वारो आएको बिमारीले समान्य उपाचार नपाएर अकालमै मर्नु पर्ने अवस्था सृजना भएको छ । आज मान्छे देखि मान्छे डराउनु पने स्थिति छ । मानिस लाई सब भन्दा बढि दुखि बिमारी हुदा, मर्दापर्दा घरपरिवारको, आफन्तको आवश्यक पर्छ तर कोरोना भाइरसले संक्रमण गरेपछि डाक्टर, नर्स बाहेक अरुको साथ सहयोग प्राप्त गनै मुश्किल हुन्छ । यदि जेष्ठ नागरिक र अन्य दृर्ग बिमारीहरु लाई कोरोना भाइरस बाट संक्रमित भैहाले भने उनिहरुका निम्ति निकैनै कष्टकर हुने देखिन्छ । किनकी बुढौली बढे सगै समान्य कामको लागि पनि मानिस अरुको भर पर्नुपर्ने स्थिति आउछ ।
कोरोना भाइरस ३१ डिसेम्बरमा पहिलो पटक चिनको बुहानमा देखा परेको थियो । यसबिचको अबधिमा विश्वको १९५ देशका दशौ लाखौ भन्दा बढि मानिस संक्रमित भएकाछन् । हालसम्म पचासौ हजार व्यक्तिको ज्यान गइसकेको छ । भाइरसले विश्वका माहाशक्ति राष्ट्रहरुको स्वास्थ्य स्थितिलाई उदाङ्ग पारिदिएको छ । अधिकाश राष्ट्रहरुको स्वास्थ्य संस्थाहरु धरमराइ रहेकाछन् । इटाली, अमेरिका, बेलायत, जर्मन लगायतका देशले बढि मानविय क्षति व्यहोदैछन् । विस्तारै भारत हुदै यसको असर नेपालमा पनि देखिन थालेको छ ।
कोरोना भाइरस संक्रमित व्यक्तिको श्वासप्रश्वासबाट यो भाइरस ¥याल, थुक र सिँगानका छिटाबाट सर्ने गर्दछ र ति सँक्रमित व्यक्तिको जिवाणु कारणवस कुनै वस्तुमा टासिन पुग्यो र अन्य व्यक्तिको कुनै माध्यबाट नाख, मुख वा आखा सम्म पुग्यो भने पनि सँक्रमित हुन्छन् । नेपालमा १२.८१ प्रतिशत जनताहरु भाडाको घरमा बस्ने गर्दछन् । भाडामा बस्नेहरु प्राया सिमित कोठामा दैनिकि चलाउनु पर्ने बाध्यता छ । भने आफ्नै घरमा पनि सिमित कोठाहरु रहेका हुन्छन् । साथै दैनिक रुपमा प्रयोग हुने समानहरु सामुहिक रुपमा प्रयोग गछौ । रोजगारी, शिक्षा, अवसर लगायत विभिन्न कारणले व्यीक्तले आफ्नो थाकथलो छोड्नुपर्ने बाध्यता छ । वर्तमान समयमा भारत गरि तेस्रो मुलुकमा ४५ लाख नेपाली विदेशिएका छन् । साथै युवापुस्ता आफ्नो गाउँ छाडी शहरमा बस्न थालेका छन् । नेपालका गाउँघरमा जेष्ठ नागरिक, महिलाहरुको मात्र बस्ने गरेको पाइन्छ तर कोरोना कहरले राजधानि र भारत देखि मात्र दशौलाख मानिस गाउँ फर्केको स्थिति छ । सँक्रमण एक ठाउँबाट आर्को ठाउँ सर्ने सम्भावना बढि रहेकोछ । यस्तो अवस्थामा हामिले कल्पना पनि गर्न सक्दैनौ कि सँक्रमण कहाँ, कसरी पुगिरहेको छ भनेर । यस्तो अवस्थामा रोगि, जेष्ठ नागरिकमा कोरोना संक्रमित हुने बढि सम्भावना रहन्छ किनकी जेष्ठ नागरिक र बिमारीहरुको रोग प्रतिरोधात्मक शक्ति कम्जोर हुन्छ ।
लकडाउनले गर्दा यातायात लगायत अन्य क्षेत्र बन्द भएकाछन् । नेपालको स्वास्थ्य स्थिति हेर्दा अधिकास स्वास्थ्यसस्थाहरु शहर केन्द्रित छन् । अल्लि जटिल रोगव्यादी लागेमा शहर ध्याउनु पर्ने स्थिति छ । उमेर बढे सगै मानिसलाई जटिल रोगहरुले सताउने गर्छ । गम्भिर रोग लागेमा जस्तो रगत जाच, डाइलेसेस, औषधीका निम्ति राजधानि वा प्रमुख शहरमा निम्ति अस्पतालमा भर पर्नु पर्छ ।
नेपालमा मातृदेवोभवः पितृदेव भवः भने पनि जेष्ठ नागरिको दैनिय अवस्था रहेको विभिन्न घटना क्रमले देखाएको छ । नेपाली समाजमा प्रत्येक १० देखि १५ घरमा एक जना दृघ रोगि छन् । उनिहरुलाई नियमित औषधि, चेकजाच आवश्यक पर्छ । उनिहरु कोरोना भाइरस बाट सक्रमण हुने सम्भावना पनि त्यतिकै रहन्छ । गाउँबाट शहर जानु पर्ने हुन्छ । यस्तो अवस्थामा नियमित चेकजाच नभए ठुलो क्षति व्यवहर्नु पर्छ । साथै कोरोनाले संक्रमित बनायो भने अझ भयाबह स्थिति हुन्छ यस्तो अवस्थामा प्रत्येक स्थानिय र प्रदेश सरकारले जेष्ठ नागरिकको अवस्था कस्तो छ, कहाँ, कति छन् बुझेर विषेश अभियान चलाउन आवश्यक छ । शहर विदेश बाट आएकाहरु लाई प्रत्यक्ष बिमारी र जेष्ठ नागरिक सँग भेटघाट गर्न दिनु हुन्न । सरकारी स्थरबाटै यातायात, माक्र्स, सेनिटाइजर, साबुन लगायत आवश्यक वस्तु उपलब्ध गराउन आवश्यता छ । परिवार र देशका निम्ति आफ्ना जिवन सम्पर्ण गरेका हाम्रा जेष्ठ नागरिक हाम्रा जिउदा इतिहास हुन् । आज उनिहरुलाई हाम्रो र देशको खाचो छ । यसका लाई हामि सबैले जेष्ठ नागरिकहरुको विषेश ख्याल गर्न जरुरीछ ।