लुम्बिनीखवर
भेरहवा,३० चैत । रुपन्देहीको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र रहेको स्थानिय निकायमा आर्थिक सहयोग गरेको छ ।

सहकारीले तिनवटा स्थानिय निकाय तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकामा स्थापित विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको संस्थाको सुचना शाखाले जानकारी दिएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहकारीले आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष डि.बी. थापाले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकामा रु.५० हजार, ओमसतिया गाउँपालिकालाई रु. ५० हजार र सियारी गाउँपालिकालाई रु. २५ हजार सहयोग गरेको संस्थाका कोषाध्यक्ष लाल बहादुर थापाले बताए ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई , ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट र सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुलार्ई एक कार्यक्रम बिच सहयोग रकम हस्तान्तरण गरेको सहकारीका सचिव जित बहादुर रास्कोटीले जनाए ।
चालु आर्थिक बर्षको लागि विनियोजित गरेको सामाजिक तथा मानवीय विकास बजेट शीर्षकबाट सो रकम प्रदान गरिएको सहकारीका प्रमुख प्रबन्धक लक्ष्मण कुमार थापाले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहकारीका तर्फ बाट उपाध्यक्ष परसुराम बास्तोला, सञ्चालक तुलसी प्रसाद थारु, धन बहादुर खड्का, गोकुल पोखरेल, धनराज शर्मा र संस्थाका पुर्व सञ्चालक राम प्रसाद मिश्रको सहभागिता थियो ।
स्थानिय क्षेत्रमा लोकप्रिय यो सहकारीले बिगत बर्षहरुमा समेत आर्थिक रुपमा बिपन्न तथा गरिव र असाहयका लागि सहयोग गर्दै आएको छ । शिक्षा, स्वास्थ्य र रोजगारमुलक कार्यक्रममा लगानी गर्दै आएको सहकारीले आगामी दिनमा पनि समाज बिकासको पक्षमा आफ्नो निति तथा कार्यक्रमहरु बनाएको छ ।