>संघसंस्थालाई आफुखुसी राहत नबाड्न निर्देशन
> राहत कोषमा एक करोड बढी संकलन
> किराना पसलहरु दिउंसो मात्रै खोल्ने तयारी
> वास्तविक विपन्नले राहत पाउनेगरी सहयोग गर्न नागरिक समाजलाइ आग्रह
> प्रशासनको सहकार्यमा अनुगमन गर्ने निर्णय, भारतीय तरकारी पुर्ण रोक
कमल रायमाझी
भैरहवा, बैशाख ८ । नोभल कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण फैलिन नदिन सिद्धार्थ नगर पालिका भैरहवाले गठन गरेको विपत व्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सहभागीहरुले राहत वितरणलाई एकद्वारबाट गराउन नगरपालिका सक्रिय हुने बताइएको छ । बैठकमा उद्योग व्यपार संगठनका अध्यक्ष नारयण प्रसाद भन्डारीले विपत व्यवस्थापन समितीले बारम्बार आफुखुसी राहत नबाड्न आग्रह गर्दागर्दै पनि गर्दै केही संघसंस्थाले आफुखुसी राहत बाडिरहेको भन्दै आपत्ति व्यक्त गरे । उनले भने, ‘यो विपतको बेला पनि किन केहि व्यक्ति तथा संस्थाहरुले मजाक गरिरहेका छन् ? के उनीहरुले नगरपालिकाको समानान्तर सरकार चलाउन खोज्या हुन् ? अध्यक्ष भन्डारीले राहत दिन इच्छूूकहरुले नगर पालिकामा हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरी सामाजिक दूरीको बेवास्ता गर्दै मनपरी गरिरहेकोले तत्काल कानून अनुसार त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाहि गर्नुपर्ने बताए ।
बैठकमा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले यतिबेला सबै उद्योगी व्यवसायीले सरकारलाई सहयोग गरिरहेको बताए । उनले भने, ‘यो महाविपत्तिको समय हो । यतिबेला नाफा फाइदा नहेरी हामीहरु सबै राज्यलाई सहयोग गर्नुपर्दछ । राज्यले घोषणा गरेको लकडाउनको पुर्ण पालना गर्नुपर्दछ । ’
शर्माले सुरक्षा सतर्कता सहित खाद्यान्नका गाडीहरु आउने बातवरण भने जरुरी रहेको उनले बताए ।
बैठकमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानले बिहान सांझ पसल खोल्दा मान्छेहरुको भीड बढेकोले खाद्यान्न, डेरी, तरकारीको पसल दिउंसो खोल्दा ठीक हुने बताए । उनले राहत दिने संघसंस्थाले नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने पनि बताए ।
नेपाल बैंकर्स एशोसियनका अध्यक्ष रामराज उपाध्ययले यतिबेला भीडभाड हुने ठाउहरुको पहिचान गरी त्यसलाई नियन्त्रण गर्नु जरुरी रहेको बताए । उनले राहत लिनेहरुको पहिचानमा वडाका सदस्यहरुलाई बढी जिम्मेवार गराउनुपर्ने बताए ।
सो अवसरमा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुंगानाले लकडाउन कार्यन्वयन, राहत बितरण र बजारको सम्बन्धमा तत्काल अनुगमन जरुरी रहेको बताए ।
नेपाल रेडक्रसका प्रतिनिधी सन्जिब शर्मा रेग्मीले क्वारेन्टाइनमा थप गर्नुपर्ने बताउदैं नगरमा कल सेन्टरको स्थापना जरुरी रहेको बताए । गैरसरकारी संस्थाको प्रतिनिधी समीता मल्लले लकडाउनको कायन्वयनमा अझै कडाई गर्नुपर्ने बताईन् ।
सो अवसरमा वडाध्यक्षहरुले वडाले बाडेको राहतमा गरिब मान्छे नभएर मेरो मान्छे परेन भन्नेहरुले अनावश्यक विरोध गरिरहेको बताए । सिनपा ९ का वडाध्यक्ष शेषकान्त भन्डारी, ८ का अध्यक्ष राजनजंग राणा, ३ का अध्यक्ष थानेश्वर पौडेल, २ का अध्यक्ष दीपक थापा, ११ का अध्यक्ष दीलिप यादव, १० का अध्यक्ष विजय धवल, ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, ७ का अध्यक्ष भीमसेन कर्माचार्यले वडाले गरिब तथा विपन्नको अभिलेख संकलन गरिरहेको बताउदैं उक्त कार्यमा सबैको सहयोग जरुरी रहेको बताए ।
बैठकमा नगर उपप्रमुख उमा काफ्लेले नगरपालिकाले १७४२ जना गरिब, श्रमीक र असहायलाई वडा वडामा पुगेर एक चरणको राहत बितरण गरिसकेको बताइन् । उनले भनिन, ‘सिद्धार्थनगरमा बसोबास गर्ने जो सुकै जहासुकैको भएता पनि हामीले राहत दिनुपर्ने हुन्छ । सोहि अनुसार नगरपालिकाले काम गरिरहेको छ । ’
बैठकमा नगर प्रमुख हरि प्रसाद अधिकारीले कोरोना जस्तो महाविपत्तिको विरुद्ध एकताबद्ध भएर लड्नु पर्ने बेला केहीकेहीले अनावश्यक टिप्पणी गर्नु दुखद भएको बताए । उनले भने, ‘यो समय सबै बिचार, आस्था र विमतिलाई केहि समय टाढा राखेर कोरोना विरुद्ध एक हुने समय हो । ’
नगर प्रमुख अधिकारीले सिद्धार्थनगरपालिका गरिब, असाहय र श्रमीकलाई कुनै कमि नहोस् भनेर दिनरात खटिरहेको समेत बताए ।
सो अवसरमा समाजसेवि नारयण प्रसाद अग्रवालले गरिब र विपन्न जो कोहि, जहासुकैको भएता पनि राहत दिनुपर्ने बताए । उनले भने, ‘यतिबेला सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, मिडीया सबै एक भएर सरकारलाइ सघाउनुपर्छ । ’
बैठकमा भारतीय तरकारीलाई पुर्ण रुपमा रोक लगाएको भएता पनि चोरी तस्करी गरेर भित्रीरहेको सूचना प्राप्त भएकोले तरकारीसंगै कोरोना भित्रीने जोखिमलाई नियन्त्रण गर्न सीमामा सुरक्षा तैनाथी र कडाई अझै जरुरी रहेको बताइएको छ ।
सो अवसरमा सिद्धार्थनगर पालिका विपत व्यवस्थापन कोषमा एक करोड दस लाख रुपैया संकलन भईसकेको विपत व्यवस्थापन समितीका सदस्यसचिव ईन्जिनियर यमलाल पान्डेले बताए । पान्डेका अनुसार कृषकहरुलाई खेति स्याहार्ने कार्यका लागि मेशिनहरु प्रयोग गर्न वडा कार्यालय, नगरकार्यपालिकाबाट सहज अनुमतिको व्यवस्था मिलाइएको तथा नगरपालिकामा रहेको भिम अस्पतालमा प्रदेश सरकारबाट हाल ३५ बेडको क्षमताको कोरोना उपचार कक्ष निर्माण भइरहेको र हालसम्म २७ बेड तयार भएको सो मध्ये ५ वेडको आइ सि यु सेन्टर स्थापना भएको समेत बताए ।
सिनपा भैरहवाले कोभिड १९ को विषयमा गरेको १३ बुदें कामहरु
कोरोना भाइरसको संक्रमण फैलिए पश्चात् सिद्धार्थनगर नगरपालिकाले बिभिन्न निकायहरुसँगको सहकार्यमा बैशाख ७ गते सम्म गरेका कामहरु धेरै भएता पनि मुख्यतया १३ बुदें कामहरु निम्नासुर रहेको नगरका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले बताए ।
1. सिद्धार्थनगर नगरपालिका भारतीय सिमासँग जोडिएको कारण बेलहिया स्थित सिमा नाकामा नगरपालिकाको स्वास्थ्य हेल्थडेस्क स्थापना भइ माघ १६ गते देखी नै नियमित रुपमा चेकजाँचको व्यवस्था मिलाइएको छ ।
2. हेल्थडेस्क स्थापना पश्चात् शुरुका दिनहरुमा बेलहियाका स्थानीय समाजसेवीहरुबाट हेल्थडेस्क व्यवस्थापन, सेनिटाइजरको व्यवस्था, अलपत्र परेका व्यक्तिहरुका लागि खाना, खुवाउने तथा गन्तव्यमा पुर्याउने लगायतका अन्य बिभिन्न कार्यहरुमा सहयोग गर्नुभएको । सो कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबाट निरन्तर सहयोग प्राप्त भएको छ ।
3. नगरपालिका भित्र दुईवटा क्वारेन्टाइन स्थापना गरिएको छ । दुवै क्वारेन्टाइनमा नेपाली सेनाबाट सुरक्षा प्रदान गरिएको छ भने स्वास्थ्य जाँच नगरपालिकाको समन्वयमा भएको छ । प्रतिमान निमा प्रतिष्ठानमा स्थापना गरिएको क्वारेन्टाइनमा मिति २०७६।१२।१८ देखी १५६ जना भारतीय नागरिकहरु रहेकोमा हाल १५४ जना रहेका छन् । ती व्यक्तिहरुलाई मायादेवी च्यारिटेवल फाउण्डेसनसँगको सहकार्यमा बिहान बेलुकी खाना खुवाइएको छ । सो बाहेक अन्य सबै व्यवस्थापन नगरपालिकाले गरेको छ ।
अर्को तर्फ शिक्षा तालिम केन्द्रमा स्थापना भएको क्वारेन्टाइनमा हालसम्म सिद्धार्थनगर, मायादेवी लगायत रुपन्देही, पाल्पा, गुल्मी, बाग्लुंग, झापा, स्याङजा जिल्ला तथा भारतीय नागरिक गरी ८१ जना व्यक्तिहरु बसिसकेका । ती मध्ये १४ दिन पुरा भइ कोरोना र्यापिड किड मार्फत चेक जाँच गरी ल्भनबतष्खभ भएका ५५ जनालाई घर पठाइको । कोरोना र्यापिड किड मार्फत चेक जाँच गर्दा कसैको पनि एयकष्तष्खभ च्भउयचत नआएको ।
दुवै क्वारेन्टाइन संचालनका लागि दैनिक रुपमा करिब ६० देखी ७० हजारसम्म खर्च भइरहेको छ ।
4. नगरपालिकामा कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार कोष स्थापना भइ एकद्वार प्रणाली मार्फत मिति २०७७।१।७ गते दुई बजेसम्म रु. ३५ लाख १७ हजार १११ रुपैया रकम जम्मा भएको छ । प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नगर कार्यपालिकाको मिति २०७७।१।२ को बैठकबाट कोषमा रकम कम भएकोले चालु आ.ब. का बिभिन्न कार्यक्रमका लागि विनियोजित भएको रकम मध्ये कट्टा गरी थप ६० लाख रकम कोषमा राख्ने निर्णय गरेको छ । कोषको परिचालन र राहत वितरणका कार्यहरु उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, नागरिक समाज, बैंकर्स एशोसियशन, समाजसेवी समेतको राय सल्लाह, सहभागितामा संयुक्त रुपमा कार्यहरु भैरहेका छन् । जिन्सी सामग्रीको रुपमा प्राप्त सामग्रीहरु पनि एकद्वार प्रणाली मार्फत नै खर्च गरिएको छ ।
5. हालसम्म प्राप्त बिल बमोजिम कोषबाट पहिलो चरणको लागि राहत खरिदका लागि चामल, दालको खरिद तथा क्वारेन्टाइनका लागि रु. १२,०७,२८२।– खर्च भएको छ । अन्य रकम भुक्तानीका क्रममा रहेको छ ।
6. नगर कार्यपालिकाको मिति २०७६।१२।१४ र कोष संचालन समितिको मिति २०७६।१२।१३ को निर्णय बमोजिम नेपाल सरकारको मापदण्ड नआउँदै २०७६ चैत्र १६ गतेदेखि नै नगरपालिकाले देहाय बमोजिम गरिब, श्रमिक, असहायका लागि १७४२ परिवारलाई राहात वितरण गरिसकेको छ ।
१. दाल : १ किलो,
२. नून : १ किलो,
३. खानेतेल : १ लिटर,
४. चामल : १—४ जना संख्या भएका परिवारका लागि ५ कि.लो.,
५—९ जना संख्या भएका परिवारका लागि १० कि.लो.,
१०—१५ जना संख्या भएका परिवारका लागि १५ कि.लो.,
१५ जना भन्दा बढि संख्या भएका परिवारका लागि २० कि.लो. ।
7. दोश्रो चरणको राहत वितरणका लागि नेपाल सरकारले तय गरेको नमूना मापदण्डलाई आधार मानी नगरपालिकाले स्वीकृत गरेको असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत वितरण सम्बन्धी कार्यविधि, २०७७ बमोजिम हाल वडा कार्यालयहरुबाट विवरण संकलनको काम भइरहेको छ ।
8. नगर क्षेत्रका मुख्य बस्तीमा एकपटक क्लोरिन र ब्लिचिङ्ग पाउडर मिसाइ म्ष्कष्लाभअतष्यल औषधी छर्ने काम सम्पन्न भएको छ । यो कार्य आवश्यकतानुसार निरन्तर गरिनेछ ।
9. कृषकहरुलाई खेति स्याहार्ने कार्यका लागि मेशिनहरु प्रयोग गर्न वडा कार्यालय, नगरकार्यपालिकाबाट सहज अनुमतिको व्यवस्था मिलाइएको छ ।
10. नगरपालिकामा रहेको भिम अस्पतालमा प्रदेश सरकारबाट हाल ३५ बेडको क्षमताको कोरोना उपचार कक्ष निर्माण भइरहेको र हालसम्म २७ बेड तयार भएको सो मध्ये ५ वेडको आइ सि यु सेन्टर स्थापना भएको छ ।
11. मास्क, सानिटाइजर, एएभ्, ग्लोब्सहरु पर्याप्त मात्रामा पाउन सकिएको छैन ।
12. कोरोना भाइरसबाट सिर्जित विपद् व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राजनीतिक दलहरु, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग व्यापार संगठन, बैंकर्स एशोसियसन, रेडक्रस, स्थानीय समाजसेवी, एम्बुलेन्स चालक, संचारकर्मीहरु लगायत बिभिन्न संघ÷संस्था र नगरबासीहरुबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको छ ।
13. कोरोना भाइरसबाट उत्पन्न विपद्लाई उचित व्यवस्थापन गर्न सबै वर्ग समुदाय, राजनीतिक दलहरु, सरकारी एवं गैरसरकारी संस्था, विद्वत वर्ग, संचारकर्मी, नगरबासी एवं सरोकारवालाहरुबाट प्राप्त आर्थिक, भौतिक, नैतिक सहयोग प्रति उच्च सम्मान गर्दै यस गम्भिर परिस्थितीको सामना गर्नका लागि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा लिएका छौं ।