लुम्बिनीखवर बिशेस
भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला –बव्लु पुर्व प्रधानपञ्च राजेन्द्रनाथ शुक्लाका कनिष्ठ सुपुत्र हुन ।
हालको समरीमाई गाउँपालिका भित्र पर्ने तत्कालिन असुरैना गाउँपञ्चायतको ३५ बर्ष प्रधानपञ्च भएका जितेन्द्रका बुवा राजेन्द लामो समय प्रधानपञ्च भएवापत तत्कालिन श्री ५ को सरकार वाट गोर्खा दक्षिणबाहु समेत पाउने मर्चवारका व्यक्ति हुन ।

शुक्ला दरवारका ति राजकुमार जितेन्द्र उर्फ ‘बव्लू’
पहिलो श्रीमतीको मृत्यु पछि दोस्रो श्रीमती वाट जन्मीएका जितेन्द्र,बुवाको समाजसेवाको वाटो समाउदै अहिले मर्चवारको विकासमा दिनरात जनसेवामा लागेको देखिन्छन् ।
ठुलो मुमा बाट जन्मिएका दाजुहरु शैलेन्द्र र विरेन्द्रले राजनिति तथा समाजसेवामा कम चासो राख्ने भएपछि जितेन्द्रले वुवाको अपेक्षा पुरा गर्न जनताको सेवामा लागेको वताउछन् ।
‘दाजुहरु शैलेन्द्र एक कार्यकाल गाउँपञ्चायतको प्रधानपञ्च र एक कार्यकाल जिल्ला पञ्चायतको सदस्य हुनुभयो भने विरेन्द्र दाजु एक कार्यकात गाउँपञ्चायतको प्रधानपञ्च भएर समाजसेवा वाट टाढा हुनुभयो । त्यस पछि मैले राजनिति यात्रा अगाल्न पुगे,’ जितेन्द्र भन्छन् ।
विक्रम सम्वत २०३० साल पुस १४ गते मर्चवारको शुक्ला परिवारमा जन्मिएका जितेन्द्र अहिले जन्म ठाउमा जननिर्वाचित भएर जनसेवामा लाग्नु बुवाले कमाएको पुण्य कार्य भएको सुनाउछन् ।
जितेन्द्र भन्छन्, ‘त्यतीखेर मर्चवारमा आमालाई सुत्केरी व्यथाले चापेपनि म लामो समय सम्म नजन्मिएपछि बुवाले हतार हतार गोरखपुर लगेर मलाई अस्पतालमा आमा मिथलेसले जन्म दिनुभएको हो ।’
बाल्यकाल मर्चवारको धुलोमा विताएका शुक्लालाई ८ बर्ष पछि मर्चवार क्षेत्रमा स्कुल कलेज नभएपछि बुवाले गोरखपुर लगेर स्कुल भर्ना गर्नुभएको थियो । जितेन्द्रकी आमा भन्नुहुन्छ, स्कुल शिक्षा पुरा गरेपछि जितेन्द्रले समाजसास्त्र र राजनितिसास्त्रमा स्नातक गोरखपुर विश्वविद्यालय वाट पुरा गरे । त्यस पछि मर्चवारमा फर्किएर मर्चवारवासीको सेवामा लाग्न थाले । हजारौ विघा जमिन तथा सयौ कामदारहरु रहेको मर्चवारको शुक्ला दरवारका राजकुमार जितेन्द्रलाई धन सम्पती र ऐसआरम तथा भोगबिलाश प्रति सानै देखि ध्यान नभएको जितेन्द्रका छिमेकी ७८ बर्षिय रामकिशुन कुर्मी बताउछन् ।

आफ्नो बुवाको देहवासन पछि जितेन्द्रले गोरखपुर वाट विवाह गरे । विवाह पछि उनलाई श्रीमतीले गोरखपुर बस्न भन्ने आमा र मर्चवारवासीले मर्चवारमा बस्न भन्ने दोधार बनाए तर उनले आफ्नो मार्तभुमीलाई छोडन सकेनन् ।
जितेन्द्र श्रीमती पल्लवी शुक्ला र दुई छोराहरु अर्थव र हिर्दित शुक्ला लाई गोरखपुरमा नै छोडेर मर्चवारको समाजसेवामा लागिरहेको उनका छिमेकी हरु बताउछन् । ‘बेलाबेलामा श्रीमती र छोराहरु भेटन पुगेपनि जितेन्द्रले मर्चवारको माटोमा मलजल गरिराखेर जसका कारण अहिले जनतामा प्यारा नेता बनेका छन्,’ स्थानियहरु भन्दछन् ।
सानै देखि जनताको घरदैलोमा पुगेर सामाजिक क्षेत्रमा कृयाशिल जितेन्द्रलाई दलित बस्तीमा गएर खाना खाएको भनेर मर्चवारका शुक्ला परिवारले पारिवारीक सदस्य बाट समेत निस्कासित गरे । आफ्नै दाजुभाईले निस्कासित गरेपनि जनताका भने सधै प्यारा भने जितेन्द्र । उनि भन्छन, ‘आफ्नै दाजु शैलेन्द्रको मृत्युमा समेत परिवारमा प्रवेष निषेध गरेर शुक्ला परिवारले टाढा बनाउन खोजेपनि जनताले मलाई सधै मर्चवारको भुमिपुत्र भएको प्रमाणीत गरेका छन् ।’
गणतन्त्र नेपालमा नयाँ संरचना अनुसार स्थानिय निकायको निर्वाचनमा जनताहरुको चाहाना अनुसार उम्मेदवार दिएका जितेन्द्रले सम्मरीमाई गाउँपालिका बाट अध्यक्ष पदमा सम्मानजनक मतका साथ विजय पनि भए । यो विजय मर्चवारीवासीको भएको शुक्लाको बुझाइ रहेको छ । मैले यहाँको जनताको भावना बुझेर गरेका कामहरुको कदर हो शुक्ला भन्छन्, ‘रगत अभावमा रहेका ५२ जना मर्चवारवासीलाई त मेरै रगत निकाले र दिएको छु । कतिलाई आफ्नै खर्चमा गोरखपुर लगेर उपचार गरेको छु ।’

विजयको दिनदेखि नै समग्र मर्चवारको विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने योजनाका साथ अगाडी बढेका जितेन्द्रले शिक्षा, स्वास्थ्य,रोजगार, सडक, खानेपानी र कृषिलाई महत्वका साथ अगाडी बढाएको स्थानिय जैस मोहमद खानले बताउछन् ।
अहिले नोभल कोराना भाइरस (कोभिड–१९)का कारण विश्व त्रासमा रहेको छ । नेपालमा पनि यसको असर प्रत्यक्ष रुपमा परेको देखिन्छ । भारतिय बजार संग सिमा जोडिएको मर्चवारमा यसको अझ बढि संबेदनशिलता रहेको छ । यो जोखिम संग जुध्नका लागि शुक्लाले आफ्नो कार्यपालिकाको टिम र सम्पुर्ण जनप्रतिनिधिहरुलाई उच्च सर्तकतामा राखेर काम गरेको स्थानियहरुको भनाइ रहेको छ ।
उनले आफ्नो ल्याकतले भ्याए सम्म दिनरात नै गाउँगाउँमा पुगेर आफै सचेतना फैलाउने र गरिव, दुःखी र विपन्न वर्गका लागि राहत वितरण गर्ने काममा कुनै बिलम्व नगरेको स्थानिय सञ्चारकर्मी असलम खानको बुझाई छ ।
लाग्छ उनले नेपालमा भएका स्थानिय सरकारहरु मध्य सबै भन्दा उत्कृष्ट काम गरिरहेका छन् । स्थानिय सञ्चारकर्मी खानले भन्छन्, ‘गाउँपालिका प्रमुख आफै प्रत्यक्षरुपमा दिनरात जनताको दुःख सुःख संग हातेमालो गरिहेका छन् ।’ अध्यक्ष जितेन्द्रले कोरोना भाइरस रोकथामका लागि सम्मरीमाईको विपत व्यवस्थापन कोषमा रु ५० हजार सहयोग समेत गरेका छन् ।
जितेन्द्रलाई कहिलेकाही निकै दुःख लाग्ने गरेको बताउछन् । उनले भन्छन्, ‘सवै त्यागेर मर्चवारका जनताको लागि जिवन व्यथित गरेको छु । तर केहि व्यक्तिले गतल रुपमा राजनिति रंग समाजसेवामा मिलाइदिन खोज्दा पिडा हुन्छ ।’ कोरोनाका कारण मेरा दुइ छोरा र श्रीमती गोरखपुरमा लकडाउनमा परेका छन् भन्दै जितेन्द्रले, ‘आफुलाई पनि परिवार संग संगै बस्ने मन हुन्छनी तर परिवार भन्दा जनताको भावनालाई कदर गर्नु पर्ने भएकाले ज्यानको कुनै पर्वाह नगरी मर्चवारको माटोमा लडिरहेको छु ।’
तर कसले के भन्छ भन्दा पनि जनताको सेवा गर्नमा आफुलाई बढि आन्नद आउने भएकाले आफुले अवसर पाएसम्म मर्चवारवासीको सेवामा लाग्ने प्रणय उनले गर्दछन् । यस कारण मर्चवारका गाउँपालिका अहिले लकडाउनमा पनि सुरक्षित बनाउन समन्वय भैरहेको उनको बुझाई रहेको छ ।
जितेन्द्र गाउँपालिको अध्यक्ष भएपछि “ हिरो अफ द पव्लिक अर्वाड २०७६” वाट सम्मानित भएका छन् । नेपाली सेनाको पृतनापतीको कार्यालय बुटवलले नेपाली सेनाले राखेको शल्यचिकित्सा सहितको “ निः शुल्क बृहत संयुक्त स्वास्थ्य शिविर” मा सहयोग गरेवापत प्रदेश नम्बर ५ का निर्वतमान प्रदेश प्रमुख उमाकान्द झा वाट कदर पत्र प्राप्त गरेका छन् ।
उनलाई प्रहरी प्रधान कार्यालयलले ‘प्रहरी दिवश २०७६’ मा ‘सामूदायिक प्रहरी साझेदारी’ कार्यक्रममा उत्कृष्ट योगदान गरेवापत “कदरपत्र” निर्वतमान प्रहरी महानिरक्षक सर्बैन्द्रनाथ खनालले प्रदान गरेका थिए । उनले यस्ता दर्जनौ सम्मान तथा कदरपत्र प्राप्त गरेको उनको गाउँपालिकाको कार्यालयको तथ्याङकमा भेटिन्छ ।

उनले मर्चवारको समग्र विकासमा केहि गर्नुपर्ने योजना अगाडी सारेको बरिष्ठ पत्रकार शम्भु पन्त बताउछन् । जितेन्द्रले तरेनी नाकालाई भारत संग सहज खोल्ने पहल गरिरहेका छन भने मर्चवारमा कृषिका लागि कृषिमल उत्पादन गर्ने कारखान स्थापना गर्ने प्रयासरत देखिन्छन् । गाउँपालिकामा आधुनिक र गुणस्तरिय प्राविधि विद्यालयको स्थापना तथा उच्च प्रविधिमैत्री अस्पताल र मर्चवारको कृषिक्षेत्रलाई सहज सिचाईको व्यवस्थाका लागि लागिरहेको शुक्लाको लगाम देखिन्छ । लुम्बिनी सडक बनगाई देखि मर्चवारको सिमानाका सम्म चारलेनको पक्की सडक निर्माणका लागि सम्म जितेन्द्रले प्रदेश सरकार र संघिय सरकार संग माग गरिरहेका छन् । मर्चवार क्षेत्रमा २४ सै घण्टा विद्युत आपुर्तीको पहल समेत शुक्लाले गरिहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको विकासमा उनले अगाडी सारेका योजना पुराहुने हो भने मर्चवार नेपालकै विकशित र उज्यालो गाउँ बन्ने देखिन्छ ।
आशा गरौ मर्चवारक्षेत्रको बिकासमा जितेन्द्रले ठुलो योगदान पुराउने छन् ।