logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बन्दाबन्दीमा २८ जनाले गरे आत्महत्या


    ३१ बैशाख २०७७ , बुधबार

    बन्दाबन्दीमा २८ जनाले गरे आत्महत्या

    कमल रायमाझी
    भैरहवा, ३१ वैशाख । जिल्लामा बन्दाबन्दीको अवधीमा आत्महत्या गर्नेको सख्या २८ पुगेको छ ।
    चैत ११ गते देखि वैशाख २७ गते सम्म आत्महत्या गर्नेहरुको सख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आत्महत्या गर्नेहरुमा महिलाहरुको संख्या धेरै रहेको छ ।
    बन्दाबन्दी भएको ४७ दिनको अवधीमा १२ जना महिला, ६ जना बालिका, ५ जना बालक, ४ जना बृद्ध र १ जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खडक खत्रीले जानकारी दिनुभयो ।
    धेरैजसो आत्महत्या हुनुको कारण मानसिक तनाव, कमजोर आर्थिक अवस्था र अवैध यौन सम्वन्धहरु भएको प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयोे । महिलाहरुमा भने घरायसी कारणले बढि आत्महत्या हुने गरेको पाईन्छ ।
    प्राय आत्महत्याहरु झुन्डिएर र बिष सेवन गर्ने गरेर हुनेगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकडमा देखिन्छ । बन्दाबन्दीको अवधीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन् । जसमा महिलाहरुको सख्या ४ रहेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १ जना बालक र १ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरिक्षक लक्ष्मण वि.क.ले जानकारी दिनुभयो ।
    आर्थिक बर्ष २०७५÷ ०७६ मा झुन्डिएर १२८ जना र विष सेवन बाट ६० जना गरि १८८ जनाले आत्महत्या गरेका छन् ।
    जसमा महिला ५८, पुरुष ५६, बालिका, १० र बालक ३ जना रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखिाउछ । आर्थिक बर्ष २०७५÷ ०७६ मा २६ पुरुष, ३४ महिला र २ बालिका गरि ६२ जनाले आत्महत्याको प्रयास गरेका छन् ।
    नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढेको छ । यसको विषयको सरकारी तहवाट अनुसन्धान गरि समाधानको बाटो खोज्नु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.