भैरहवा, १६ जेठ । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले देवदह –१० चरङगे, मुडाबास, चौकी भ¥याङ हुदै पाल्पाको झुम्सा जोडने सडकको निरिक्षण गरेका छन् ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको बैकल्पीक मार्गको रुपमा लिएको यो सडक निर्माण कार्यको प्रगती विवरण बुझ्नका लागि प्रदेश सभा सदस्य निर्माण स्थल पुगेको उनको निजि सचिवालयले जनाएको छ ।
प्रदेश सरकारको स्थापना संगै निर्माण प्रकृया अगाडी बढेको २१ किलोमिटर रहेको यो सडक निर्माण कार्यको छिटो र गुणस्तर बनाउनका लागि निर्माणस्थलमा खटिएका कर्मचारी तथा मजदुर संग प्रदेश सभा सदस्य न्यौपानेले जानकारी समेत लिएका थिए ।
रुपन्देही र पाल्पा जोडने प्रदेश सरकारको प्रमुख प्राथामिकतामा परेको यो सडक निर्माण भए संगै सिद्धवावामा हुने सडक समस्या समाधान हुने अपेक्षा गरिएको प्रदेश नं. ५ सरकारले जनाएको छ ।
प्रदेश सभा सदस्य तथा प्रदेशको अर्थ, उद्योग र पर्यटन समितिका सभापति न्यौपानेले सिद्धबाबा सडकले मानिसमा पारेको समस्या देवदह चरङगे, मुडाबास, चौकी भ¥याङ हुदै पाल्पाको झुम्सा जोडने सडक निर्माण कार्य पुरा भएपछि समाधान हुने बताए ।
आगामी बर्ष सुचारु गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडी बढेको यो सडकमा हाल पुल तथा कल्भर्ड निर्माण कार्य तिव्ररुपमा भएको जनाउदै यातायात पुर्वाधार निर्देशनालयका नि. निर्देशक भिर्माजुन पाण्डेले यो निर्माण कार्य सम्पन्न भएपछि मानिसहरुलाई यातायात बाट पाल्पा तर्फ जान सहज हुने जानकारी दिए ।
यस मार्ग बाट मानिसहरु पाल्पा, गुल्मी, स्याङजना, बाग्लुङ, पोखरा क्षेत्रतिर जाने गर्दछन् ।