logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    प्रदेश सरकारको लक्ष्य : प्रत्येक घरमा शुद्ध पानी


    १६ जेष्ठ २०७७ , शुक्रबार

    प्रदेश  सरकारको  लक्ष्य : प्रत्येक घरमा शुद्ध पानी

    भैरहवा, १६ जेठ । प्रदेश नं. ५ सरकारले घरघरमा शुद्ध पानी पुराउने निति रहेको प्रदेश सभा सदस्य दधिराम न्यौपानेले बताएका छन् ।


    उनले गाउँगाउँका जनताको पहुचमा खानेपानीको व्यवस्था गर्ने सरकारको निति रहेकाले प्रदेश सरकारले यसलाई प्राथामिकतामा राखेको जनाए ।
    तिलोत्तमा नगरपालिका वार्ड नं.१२ मक्रहरमा प्रदेस सरकारको लगानीमा निर्माण हुन लागेको ओभर हेड टयाङकीको शिलन्यास गर्दे उक्त कुरा बताएका हुन ।
    कुल रु. २३ करोड १४ लाख ८९ हजार ३ सय २८ डिपिआर तयार गरि शिलन्यास गरिएको खानेपानीले तिलोत्तमा ६ वटा वडाका बासिन्दालाई लावान्भित हुने छन् ।
    प्रदेश सरकारको लगानीमा बन्न लागेको उक्त खानेपानी टयाङकी शिलन्यास गर्दै प्रदेश सभा सदस्य न्यौपानेले जनतामा खानेपानीको अभाव हुन नदिने आफुहरुको लक्ष्य रहेको मन्तव्यका क्रममा जानकारी दिएका थिए ।
    ४ लाख ५० हजार लिटर क्षमताको निर्माण हुन लागेको उक्त उक्त ओभर हेड टयाङकी निर्माण कार्यको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य तथा प्रदेशको अर्थ, उद्योग र पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले जनताको चाहाना अनुसार प्रदेश सरकार अगाडी बढेको बताए ।
    शिलन्यास कार्यक्रममा तिलोत्तमा नगारपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले प्रदेश सरकारले तिलोत्तमा नगरको विकासमा पुराएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताइन ।
    करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मातहतमा रहेको उक्त खानेपानी टयाङकी बनेपछि ६ हजार घरघुरी लाबान्भित हुने खानेपानी संस्थाका सुचना शाखाले जनाएको छ।
    खानेपानी तथा सरसफाई कार्यलयका योगिकुटी क्षेत्रका प्रमुख ई. राजकुमार चौधरीले बन्दाबन्दीको समयमा पनि खानेपानी संस्थाले जनताको घरमा पानी सहज पुराउन खेलेको भुमिका महत्वपुण रहेको भन्दै प्रदेश सरकारलाई खानेपानी क्षेत्रलाई महत्व दिन अनुरोध गरे ।


    करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता तथा संस्थाका बरिष्ट उपाध्यक्ष लक्ष्मण खनालको स्वागत र संस्थाका सचिव निलकण्ठ ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.