logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    प्रदेश सभा सदस्य न्यौपाने द्धारा निष्पक्ष छानविनको माग


    २७ जेष्ठ २०७७ , मंगलबार

    प्रदेश सभा सदस्य न्यौपाने द्धारा निष्पक्ष छानविनको माग

    भैरहवा, २७ जेठ । रुपन्देहीको तिलोत्तमा १० मैनिहवा स्थित गंगादेवी पशु फार्ममा मंगलवार भएको सामुहिक हत्याको निष्पक्ष छानविन गर्नका लागि प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले माग गरेका छन् ।


    सत्यतथ्य छानविन गरि दोषी माथी कडा भन्दा कडा कार्वाही गर्नु पर्ने भन्दै प्रदेश सभा सदस्य न्यौपानेले प्रेष बक्तव्य जारी गरेका छन् ।
    न्यौपानेको निजि सचिवालय द्धारा जारी प्रेष बक्तव्यमा पिडित परिवारलाई उचित राहत र क्षतिपुर्ती सरकारले दिनुपर्ने माग समेत गरिएको छ ।
    जिल्लाको क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित न्यौपानेले ५ जनाको सामुहिक हत्या हुनु डर लाग्दो घटना भएकाले यसको विषयमा प्रहरीले सुक्ष्मरुपमा अध्ययन गर्नुपर्ने आग्रह गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने उक्त स्थानमा भएको घटनाले मानिसहरुमा डर र भय श्रृजना भएकाले सुरक्षाको प्रत्याभुती दिन समेत सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।
    प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती समेत रहेका न्यौपानेले कोभिड–१९ को त्रासमा रहेका नागरिकमा यस्तो आपराधीक घटनाले झन भयको बातावरण श्रृजना गरेको बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.