कमल रायमाझी
भैरहवा,२९ साउन । संसारको उत्कृष्ट सामाजिक संस्था लायन्स क्लबको शाखा रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्थापना गरिएको छ ।

स्थानिय युवाहरुको सक्रियताले महबुब अन्सारीको अध्यक्षतामा लायन्स क्लब अफ रोहिणी युथको स्थापना गरिएको हो ।क्लवमा स्थानिय युवाहरु गणेश चौधरी, रुबिना कुवँर, रश्मी पन्थी, सलामत खान, अजय यादब, सुनिल गुप्ता, इन्द्रास खान लगाएतको सहभागिता रहेको छ ।
ग्रामिण क्षेत्रमा गरिव तथा असाहय र अपाङहरुको सहयोगको लागि जिल्लाको ग्रामिण क्षेत्रमा लायन्स क्लबको स्थापना गरिएको लायन्स क्लब इन्टरनेस्नल ३२५ वि. टु. का डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले जानकारी दिनुभयो ।
स्वत–स्फुर्तरुपमा युवाहरु समाजसेवामा लगाउनका लागि यो क्लबले महत्वपुर्ण भुमिका खेल्ने लायन्स क्लब ३२५ वि.टु. का डिष्ट्रिक स्टे«टेजिक चिफ एडभाइजर नवराज न्यौपानेले बताउनुभयो ।
लायन्सको स्थापना भएपछि गाउँबस्तीमा युवाहरुमा समाजसेवाको भावना विकास हुने र रोग, भोक र अशिक्षाको न्युनिकरणका लागि महत्वपुर्ण भुमिका खेल्न सहयोग पुग्ने लायन्स क्लब अफ सिद्धार्थनगर युथका पुर्व अध्यक्ष तथा डिष्ट्रिक ३२५ वि. २ का एक्टेन्सन चेयर पर्सन एसिया कोच चिफ धिरज मल्लिकले जानकारी दिनुभयो ।
स्पोन्सर क्लब लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैजुले लायन्सका लागि साहस, नेतृत्व क्षमता, निष्ठा र दुरदृष्टिको आवश्यकता रहेको भन्दै मानवताको भाव जगाउँदै समाजमा सहयोग तथा सद्धभाव निःस्वार्थ रुपमा हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विश्वयुद्धले पुराएको मानविय क्षतिलाई सहयोग गर्ने उद्धेश्यले सन १९१७ जुन ७ मा अमेरिकामा मेल्भिन जोन्सले अन्तराष्ट्रिय लायन्सको जन्म दिनुभएको हो । आफुलाई परिपक्क र जिम्मेवार वनाउँदै संसारमा विपत्तहरुमा यो क्लबले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । नेपालमा लायन्स क्लबको स्थापना सन् १९७१ अगस्ट ९ मा बिराटनगर बाट पुर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा बिराटनगर लायन्स क्लब स्थापना भएको हो । लायन्सको नेतृत्व लिनेहरु प्राज्ञिक एवं बौद्धिक व्यक्तित्वका रुपमा स्थापित भएका छन् ।
“ हामी सेवा गछौ” भन्ने मुल नारा लिएर बिश्वको १०७ भन्दा बढि मुलुकका ४७ हजार लायन्स क्लब अन्तरगत करिब १४ लाख नागरिकहरु लायन्सका सदस्य रहेका छन् ।
लायन्सले (L=Liberty I=Intelligence O=Our N=Nations S=Safety) (L=Liberty I=Intelligence O=Our N=Nations S=Safety) परिभाषित गर्दछ ।