बुटवल, भदौ । महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज रुपन्देही शाखाले आफ्नो पहिलो वार्षिक उत्सव बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग सँगै वृक्षारोपण गरि मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोवा प्रमेश्वर मावीमा अध्ययन गर्ने सोही ठाउँका ४ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
आमा गुमाएका ति बालबालिकाका बुबा दृष्टीबिहीन छन् । आर्थिक अबस्था कमजोर भएका कारण बिचमै पढाई छाड्नुपर्ने अवस्थामा पुगेका उनिहरुलाई नगद सहित आबश्यक पर्ने कापी कलम, झोला र कपडा हस्तानतरण गरिएको संस्थाले जनाएको छ । उक्त अवसरमा सोही स्कुलको प्रांगणमा वृक्षारोपण गरिएको संस्थाका सुचना शाखाले जनाएको छ । संस्थाको पहिलो वार्षिक उत्सव तथा केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरीएको हो । केन्द्रिय अध्यक्ष शर्माले कार्यक्रमका लागि आर्थिक सहयोग समेत गर्नुभएको हो । मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देही संयोजक लता खड्काको अध्यक्षता तथा पर्रोवा प्रमेश्वर मावीका प्राचार्य नेत्रलाल पुरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सैनामैना मावीका शिक्षक अमृता बस्याल, कानुनि सल्लाहाकार सिमा बन, कृती बेल्बासे लगायतको उपस्थिती रहेको थियो । अमृता राना जिसीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कल्पना गौडेलले गरेकी थिइन् । संस्थाले यसअघि पनि बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।