रुद्रपुर । महिला हिंसा तथा अधिकारीका लागि क्रियाशिल मेचीमाहाकाली बुहारी समुक्त आवाज रुपन्देहीले स्व. करुणा घर्तीको श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
जिल्लाको कन्चन गाँउपालिका वडा नं. १ रातडाडामा अधिकारकर्मी तथा नागरिक समाजको सहभागितामा कार्यक्रम गरिएको हो ।
करुणाको सम्झनामा दिप प्रज्जलन गरि श्रद्धाञ्जली सभा गरिको मेचीमाहाकाली बुहारी सम्युक्त आवाजको जिल्ला कार्यालय रुपन्देहीले जनाएको छ ।
मेचीमाहाकाली बुहारी सम्युक्त आवाज रुपन्देहीकी अध्यक्ष लता खडकाको अध्यक्षता तथा कन्चन गाउँपालिकाका प्रमुख गोकर्ण क्षेत्रीको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा सोहि गाउँपालिका उपाध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष तथा मेचीमहाकाली बुहारी समुक्त आवाजका केन्द्रिय सल्लाहकार सुर्यहरी मरठ्ठा लगाएत बोल्दै करुणाको न्यायका लागि सवैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने भनाई राखेका थिए । बक्ताहरुले सत्यतथ्य छानविन गर्न प्रशासनलाई आग्रह समेत गरेका थिए ।
सभामा मेचीमहाकाली बुहारी समुक्त आवाजकी गंगा के.सी. कपिलवस्तु संयोजक चन्द्रा अर्यालले महिलाहरुलाई गरिने भेदभाव र अन्यायपुर्ण व्यवहारको सिमा नाघेको बताउदै ज्यान सम्म मार्ने प्रवृद्धीको अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए । करुणाको आमा बुवाको समेत उपस्थित सभाको सञ्चालन इन्द्रा बि.क.ले गरेका थिइन ।
साउन २२ गते कन्चन गाउँपालिकामा पर्ने जंगलमा झुडिएको अवस्थामा भेटिएकी मृतक १६ बर्षिया करुणाको बलात्कार पछि १७ बर्षिया प्रेमि सुमन काला मगरले हत्या गरेको परिवारले आरोप लगाएको छ । सो विषयमा मेचिकाली बुहारी संयुक्त आवाज रुपन्देहीले करुणा न्यायका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापन पत्र बुझाएको छ ।