कमल रायमाझी
भैरहवा, ९ बैशाख . सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीले आर्थिक बर्ष २०७७÷०७८ चैत मसान्त सम्मको ९ महिनामा ४ करोड ६२ लाख २४ हजार दुई रुपैयाँ बरावरको अबैध समान बरामत गरेको छ ।

जिल्लाको विभिन्न सीमा नाकामा खटिएका सशस्त्र प्रहरीबलका जवान तथा अधिकृतले उक्त मुल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे. क्वा, रुपन्देहीको सुचना शाखाले जानकारी गराएको छ ।
भारतिय बजार बाट अवैध बाटो हुदै नेपाल तर्फ तस्करले ल्याउने हार्डवेयर, किराना समान, खाध्यान्न,कपडा, बोइलर कुखुरा, खसीबोका, इलेक्ट्रिक समान, औषधी, पेन्ट्स, कस्मेटिक समान, सालको काठ लगाएतका समान नियन्त्रण लिने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालमा धेरै पसलहरुमा भारतिय समान अबैध मार्ग हुदै आउने गरेकोले त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी उच्च सर्तकताका साथ तैनाथ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले बतानुभयो ।
गत आर्थिक बर्ष २०७६÷०७७ चैत मसान्त सम्मको ९ महिनामा भने चालु आर्थिक बर्ष भन्दा रु. ६० लाख ७५ हजार २ सय २३ कम अर्थात ४ करोड १ लाख ४८ हजार ७७० राजस्व मात्र उठेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको तथ्याङकले देखाएको छ ।
खुल्ला सीमाका कारण तस्करहरुले दैनिक जसो तस्करीलाई आफ्नो व्यवसायी बनाउने गरेको रुपन्देहीमा सशस्त्र प्रहरीले नियन्त्रणलाई कडाई गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक निराकर शुल्लाले जानकारी दिनभयो ।
नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणमा अहिले सशस्त्र प्रहरी बलले मुख्य भुमिका निर्वाह गर्ने गरेको भैरहवा भन्सार कार्यालय रुपन्ेदेहीले जनाएको छ । सीमा क्षेत्रबाट हुने तस्करी तथा भन्सार राजश्व छली नियन्त्रणमा भन्सार कार्यालयसँग समन्वय गरेर सशस्त्र प्रहरीले काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ हे. क्वा, रुपन्देहीले जनाएको छ ।
भारतबाट अवैधरुपमा चोरी पैठारी गरेर भन्सार छली गर्दै तस्करी गर्ने गरिएका सामान र मानिससहित पक्राउ गरी सशस्त्रले कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरेको छ । नेपालबाट पनि सुपारी, मरिच, चिनिया स्याउ, बालुवा लगायतका समानहरु भारत तर्फ तस्करी हुने गरेको छ । नेपाली तस्करहरुले भारतीय बजार सुनौली, नौतनवा, कोलही, भगवानपुर, बर्गदहवा, गोरखपुरबाट विभिन्न किसिमका समानहरु अवैध रुपमा बिना भन्सार नेपाल भित्राउने गर्दछन् जसलाई सुरक्षाकर्मीले नियन्त्रण लिने गरेका छन् ।
खुल्ला सिमानाको फाइदा उठाउँदै रातिको समयमा र दिउँसोमा पनि परिस्थिती हेरेर नेपाली बजारमा तस्करहरुले भारतीय सामानहरु पु¥याउने प्रयास गर्दछन् ।
बेलहिया तथा गोरखपुरबाट भैरहवा र यसको आसपास सम्म बिना भन्सार अवैध रुपमा ल्याएका कपडा स्टोर गरी नक्कली भ्याट बिल प्रयोग गरेर तस्करीलाई बैधता दिने काम पनि बिगतमा तस्करले गरेका छन् जसलाई नियन्त्रणलाई सुरक्षाकर्मीले चनाखो भएर काम गर्नु अति आवश्यक देखिन्छ ।
रुपन्देहीमा मुख्यतया मेउडिहवा , मैनहिया , मर्चवार ,भगवानपुर नाका, बेलहिया र लुम्बिनी नाकाबाट विगतमा तस्करी हुने गरेको छ ।