logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जन्मदिनमा बृद्धाश्रमलाई सहयोग


    १५ जेष्ठ २०७८ , शनिबार

    जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

    भैरहवा, १४ जेठ । कोरोना संक्रमणको माहामारीको कारण दैनिकी सञ्चालनमा समस्या परेको बसन्तपुरको सत्य साई बृद्धआश्रमलाई जोशी ब्रर्दसका सञ्चालक हेमन्तराज जोशीले सहयोग गरेका छन् ।


    शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर जोशीले आश्रममा आश्रय लिनुभएका १४ जना बृद्धबृद्धालाई आवश्यक पर्ने चाउचाउ, विस्कुट, माक्स र सेनेटाईज सहयोग गरेका हुन ।
    विभिन्न दाताहरुको सहयोगमा सञ्चालन हुदै आएको बृद्धआश्रममा अहिले बन्दाबन्दीका कारण समस्या परेको आश्रमकी अध्यक्ष माया खडालले बताएकी छिन् । देशका विभिन्न जिल्लाका बृद्धबृद्धाहरु यो आश्रममा आश्रय लिने गरेका छन् ।
    व्यवस्थित व्यवस्थापनका साथ सञ्चालनमा रहेको यो आश्रममा जिल्लाको ओमसतिया गाँउपालिका वार्ड नं.४ बसन्तपुरमा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.