logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बसन्तपुरमा बायोग्यास प्लान्ट स्थापना हुदै


    १ असार २०७८ , मंगलबार

    बसन्तपुरमा बायोग्यास प्लान्ट स्थापना हुदै

    ओमसतिया, १ असार । बसन्तपुर बायोग्यास एण्ड अर्घानिक फर्टिलाईजर प्रा.लि.ले खाना पकाउने बायोग्यास उत्पादन सुरु गर्न लागेको छ ।
    ओमसतिया गाउँपालिकाको वडा नम्बर–४ बसन्तपुरमा  हुन लागेको उद्योगले दैनिक  ५०० के.जी. एलपिजी बराबरको बायो ग्यास अर्थात ४० सिलिन्टर ग्यास उत्पादन गर्ने उद्योगका सञ्चालक मोहित यादवले बताउँछन् ।


    सञ्चालक यादवका अनुसार– बायो ग्यास उत्पादन सुरु भएपछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खानापकाउने ग्यास पाईप जडान गरिने र दोस्रो चरणमा गाउँपालिका सवै घरको भान्सालाई सिलिन्डर रहित बनाउने योजना रहेको छ ।
    बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङका डाईरेक्टर ई. संदिप यादवले उद्योग स्थापना र ग्यास पाईप जडान कार्य संगसंगै हुन लागेकाले प्राविधिकरुपमा उत्पादन र उपभोगलाई मध्यनजर गरेर कन्सल्टेन्सीले नापजाच गरि डिपिआर तयार गरिसकेको जानकारी दिए ।
    ई. यादवले उत्पादन संगै उद्योगको योजना अनुसार ग्यासलाई सिधै घरघरको भान्सामा पुराउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफुहरु रहेको बताए ।
    करिव १० करोड लागतमा निर्माण हुन लागेको बायोग्यास प्लान्टले आफ्नो उत्पादन सुरु गरेसंग भारतिय एलपि ग्यासको मागमा समेत कमी आउने अपेक्षा भएको ओमसतिया गाउँपालिकाले जनाएको छ ।
    दैनिक २० टन (गोवर, कुखुराको सुली, सडेगडेको कच्चा पर्दाथ, होटल तथा सुपर मार्केटहरुमा उत्पादन भएका कच्चा पदार्थ जन्य फोहोरहरु ) कच्चा पदार्थ खपत गर्ने यो उद्योगको स्थापना संगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनरिङले दावि गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.