भैरहवा । भैरहवा क्षेत्रमा खाद्य भण्डारको रुपमा परिचित गल्लामण्डीमा दुर्गा अम्बे स्टोर्स सञ्चालनमा आएको छ । ग्राहकहरुलाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तुहरुको परिपूर्ति गराउने उद्देश्यले उक्त स्टोर्स सञ्चालन गरिएको स्टोर्सका सञ्चालक प्रकाश श्रेष्ठले बताए ।

१० लाखको एकल लागतमा सि.न.पा.–६ गल्लामण्डी दुर्गामन्दिरको पश्चिम छेउमै रहेको उक्त स्टोर्समा विभिन्न ब्राण्डका भान्सामा चाहिने चामल, तेल, मसला, दाल, चाउचाउ, घ्यु, बिस्कुट, चकलेटदेखि स्याम्पु, टुथपेस्ट, टुथब्रससम्मका थोक तथा खुद्रा सामानहरु पाइने सञ्चालक श्रेष्ठले बताए ।
‘वैदेशिक रोजगार तथा अरुको काम गर्नुभन्दा पनि आफ्नै सानातिना व्यवसाय गरेर त्यसैमा रमाउनु सबैभन्दा राम्रो हो । तर कुनैपनि व्यवसायमा हात हालेपछि दत्तचित्त भएर व्यवसायलाई सफल बनाउने कुरालाई म जोड दिन्छु’, सञ्चालक श्रेष्ठले भने ।
स्वदेशमै रहेर केही गर्छु भन्नेहरुका लागि श्रेष्ठ एक उदाहरणका पात्र हुन् । कोरोनाको समयमा व्यवसायहरु थला परेको अवस्थामा पनि उनले आफ्नो उक्त व्यवसाय सञ्चालन गरी केही युवाहरुलाई रोजगारी समेत प्रदान गरेका छन् ।