धकधई । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा बाढीबाट प्रभावित भएका ३५ परिवारलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा पडसरी र उपशाखा धकधईको पहल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहयोगमा राहत वितरण गरिएको छ ।
विगत केही दिन अघि आएको ठुलो बाढीका कारण प्रभावित भएका पिपरहिया, गौरी, पट्खौली, भेलाई र तरैनीका ३५ घरपरिवारलाई कम्बल, बाल्टी, मास्क, मग, झुल लगायतका सामाग्रीहरु वितरण गरिएको शाखा सचिव राजेन्द्र चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय पुर्व उपाध्यक्ष प्रध्यापक सुदर्शन नेपाल, मन्त्री आर मोहम्मद खा, शाखा सचिव पशुपति यादव, सह-सचिव मदन पोख्रेल, सदस्य मक्सुद धुनिया, वडा नम्बर ५ का वडा सदस्य जितेन्द्र चौधरी, अनिल यादव, मकबुल धुनिया लगायतको उपस्थिति रहेको थियो ।