logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    रोहिणीका ३ सय घरपरिवारलाई चु जी को राहत


    १८ भाद्र २०७८ , शुक्रबार

    रोहिणीका ३ सय घरपरिवारलाई चु जी को राहत

    धकधई । चु जी फाउण्डेसनको सहयोग तथा अन्तराष्ट्रिय बौद्ध समाज र रोहिणी गाउँपालिकाको समन्वयमा बाढी प्रभावित ३ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । पछिल्लो समय लगातर भइरहेको अविरल वर्षाका कारण जिल्लाको पुर्वदक्षिण भेगमा पर्ने रोहिणी गाउँपालिकाका विभिन्न वडाका बाढी प्रभावित ३ सय घरपरिवारलाई राहत वितरण गरिएको राहत वितरण संयोजक तथा अन्तराष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रेयले बताए ।
    उनका अनुसार डुबानमा परेका रोहिणी गाउँपालिका वडा नं. १ कुस्मीका ३१ परिवार, वडा नं. ३ सेमरहवाका ४० परिवार र वडा नं. ४ छिपागढ, पकडिहवा, बिर्नी, सुईलिहवा, खुरहुरिया, कोटहवा र कदमहवाका २२९ घरपरिवारलाई एकद्धार प्रणाली मार्फत प्रति परिवार २५ किलो चामल, १० किलो आटा, दाल, चना, तेल, नुन, चिनी, साबुन लगायत वस्तुहरु वितरण गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले अन्तराष्ट्रिय बौद्ध समाज र चु जी फाउण्डेसनले गाउँपालिकासँग समन्वय गरी बाढीबाट प्रभावित परिवारलाई मानवीय सेवाभावले गरेको सहयोग पुनित कार्य रहेको बताए । गाउँपालिकाका सबै वडाहरु बाढीको वितण्डाबाट प्रभावित भएपनि तत्कालका लागि पहिलो चरणमा वडा नम्बर १, २ र ३ मा राहत वितरण हो, अध्यक्ष यादवले भने । गाउँपालिकाभर बाढीबाट करिब ५ सय घरपरिवार प्रभावित भएका छन् भने कतिको घरबार समेत ध्वस्त भएको छ, हामीले ती सबै पिडित परिवारहरुको लगत संकलन गरेर तत्काल राहत र बासको व्यवस्थापन गरिने उनले बताए ।
    राहत वितरण कार्यक्रममा रोहिणी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष तारानाथ यादव, सञ्चारकर्मी र सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.