भैरहवा, भदौ–१८ । लुम्बिनीखबर सञ्चार गृहबाट प्रकाशित लुम्बिनीखबर पत्रिकाको ११ औ वार्षिक उत्सव सम्पन्न भएको छ । सञ्चार गृहका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा सञ्चार गृहका सञ्चालकहरु, लुम्बिनीखबर पत्रिका र समता टेलिभिजनका कर्मचारी बीच अन्तरक्रिया गरी सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सह–प्राध्यापक उमेश चन्द्र रिजालले लुम्बिनीखबरको टीम युद्धको कमाण्डर र सिपाही रहेको बताए । त्यस्तै कार्यक्रममा बार एसोशियसन रुपन्देहीका पुर्व अध्यक्ष जगत रायमाझीले लुम्बिनीखबर पत्रिका लामो उतारचढावका बीच आजसम्म आईपुगेको भन्दै वार्षिक उत्सवको शुभकामना व्यक्त गरे ।

पत्रिकाका संस्थापक प्रबन्ध सम्पादक प्रज्ज्वल धितालले बच्चा जन्माउदा आमालाई जति प्रशय पिडाबाट दुःख हुन्छ त्यो भन्दा कयौ गुणा खुसी बच्चा जन्मिसकेपछि हुन्छ भन्दै लुम्बिनीखबर पत्रिकाले समता टेलिभिजन सुभारम्भ गर्यो भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पत्रिकाका सम्पादक कमल रायमाझी, समता टेलिभिजनका प्रधान सम्पादक नरेश केसी, सञ्चार गृहका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चार गृहका प्रबन्ध निर्देशक श्री रायमाझीको सञ्चालनमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा बोल्ने वक्ताहरुद्वारा पत्रिका र टेलिभिजनको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।