logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भदौ २७ बाट देवदहका विद्यालयहरु भौतिक रुपमा संचालन हुने (सुचना सहित)


    २२ भाद्र २०७८ , मंगलबार

    भदौ २७ बाट देवदहका विद्यालयहरु भौतिक रुपमा संचालन हुने (सुचना सहित)

    भैरहवा । रुपन्देहीको देवदह नगरपालिकाका विद्यालयहरु भौतिक रुपमा संचालन हुने भएका छन् । कोरोना महामारीका कारण विगत लामो समयसम्म बन्द रहेका विद्यालयहरुमा भदौ २७ गतेबाट भौतिक रुपमा संचालनमा आउने नगरपालिकाले एक सुचना जारि गर्दै जानकारी दिएको छ ।

    देवदह नगर शिक्षा समितिको भदौ २० गते बसेको बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्डहरुको अनिवार्य रुपमा पूर्ण पालना गर्दै कोभिडको सन्दर्भमा विद्यालय संचालन सम्बन्धि कार्यढाचा २०७७ को अधिनमा रही विद्यालय संचालन कार्ययोजना बनाई भदौ २७ गतेदेखि विद्यालय संचालनको व्यवस्था मिलाउन विद्यालयहरुलाई अनुमति दिने निर्णय भएको नगरपालिकाका सुचना अधिकारि टिकाराम शर्माले जानकारी दिए ।

    उनले विद्यार्थीको संख्या धेरै भएका तथा भौतिक संरचना कम भएका विद्यालयहरुलाई आलोपालो गरि कक्षाहरु संचालन गर्न अनुमति दिएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.