भैरहवा । असोज पहिलो सातादेखि तिलोत्तमाका विद्यालयहरु संचालनमा आउने भएका छन् । भदौ २३ गते नगरस्तरीय संकट व्यवस्थापन केन्द्र (सीएमसी) को बैठकले गरेको निर्णयअनुसार नगरक्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु संचालनमा आउने नगरपालिकाले सुचना जारि गर्दै जानकारी गराएको छ ।
बिद्यालयहरुले सम्बन्धित विद्यालयका व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैको आचारसंहिता समेटिने गरि कक्षा संचालन गर्ने कार्ययोजना बनाई असोज १ गतेभित्र नगरपालिकाको शिक्षा शाखामा पेश गर्न नगरपालिकाले निर्देशन दिएको छ । विद्यालय संचालन गर्न नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरि कक्षा १ देखि माथिका सबै कक्षाहरु भौतिक रुपमा संचालन गर्न निर्देशन दिएको हो ।
नगरपालिकाको अर्को सुचना नआएसम्म मन्टेश्वरी/बालविकास कक्षाहरु संचालन नगर्न निर्देशन दिनुका साथै नगरपालिकाको निर्देशन पालना नगरे नगरपालिकाले कडा कारवाही गर्ने जनाएको छ ।
यस्तो छ नगरपालिकाले जारी गरेको सुचना :

