logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बौद्ध ल्याण्डद्वारा स्यानिटरी प्याड वितरण


    २७ भाद्र २०७८ , आइतबार

    बौद्ध ल्याण्डद्वारा स्यानिटरी प्याड वितरण

    भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डले सय थान निशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अनुसार शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ उचमी टोलका सय जना महिला तथा किशोरीहरुलाई स्यानिटरी प्याड वितरण गरेको हो ।

    ग्रामिण क्षेत्रमा महिनावारी प्रतिको गलत सोच हटाउन छिमेकी राष्ट्र भारतका रोट्रयाक्ट क्लब अमरनाथ, थाणे र मुम्बईबाट सुरु गरिएको निशुल्क प्याड वितरण अभियानमा विभिन्न १ सय ६ क्लबहरुसंगै आफुहरु पनि सहकार्य गरेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका अध्यक्ष दीक्षा सुनारले बताईन । ‘कतिपय गाउँठाउँमा महिनावारी हुँदा महिला तथा किशोरीहरु अभिभावकसंग भन्न लाज मान्ने र अहिले पनि कतिपय महिलाहरु स्यानिटरी प्याडको प्रयोग र फाइदाबारे अनभिज्ञ रहेको पाइन्छ, हाम्रो समाजमा महिनावारी प्रतिको सोच र अनभिज्ञता हटाउन सानो कोशिस गरेका हौं,’ अध्यक्ष सुनारले भनिन ।क्लबका इन्टरनेशनल सर्भिस प्रोग्राम कोर्डिनेटर सागर लामगादेको स्वागत मन्तव्यमा भएको कार्यक्रममा महिलाहरुलाई प्रत्यक्ष रुपमा स्यानिटरी प्याड गर्नुका साथै महिनावारीका बेला ध्यान पुर्याउनुपर्ने कुराका बारेमा उपस्थित महिला तथा किशोरीहरुलाई प्रशिक्षण गराइएको थियो । क्लबले यसअघि पनि विभिन्न किसिमका सामाजिक क्रियाकलापहरु गर्दै आएको छ । साथै क्लबका सदस्यहरुले सामाजिक संजाल मार्फत स्वास्थ्य, शिक्षा र प्रविधिमा आधारित प्रेरणामुलक भिडियो सामाग्री तयार गरेर जनचेतना फैलाउने गरेको छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.