logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    अनेमसंघ क्रान्तिकारी सिद्धार्थनगरको भेला सम्पन्न


    ३१ भाद्र २०७८ , बिहिबार

    अनेमसंघ क्रान्तिकारी सिद्धार्थनगरको भेला सम्पन्न

    भैरहवा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिद्धार्थनगर नगर कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिद्धार्थनगर नगर कमिटीकाे दोस्रो नगर भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हो ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय समिति सदस्य तथा लुम्बिनी प्रदेश पार्टी सह-इन्चार्ज हकिकुल्ला खाँ को प्रमुख अतिथ्यता , पार्टी केन्द्रिय प्रतिनिधि तथा जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडे, नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज दामा शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक निर्मल जि. सी., नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पुन, नेकपा माओवादी केन्द्रकाप्रदेश कमिटि सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य लुम्बिनी जिल्ला इन्चार्ज रिज्जु श्रेष्ठको विशिष्ट अतिथ्यता एवम् अतिथिहरु नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य जिल्ला संयोजक टिका वली, जिल्ला सचिवालय सदस्य तिर बहादुर रोका (डार्विन), जिल्ला सदस्य नारायण हमाल,फेज अहमद खाँ, मेघराज खाँण, वाइसिएल नेपाल जिल्ला संयोजक केशव कुँवर, वडा कमिटि अध्यक्ष लोकेन्द्र धामी, ध्रुव लामगाड़े, लक्ष्मण सुनार, डम्बर बहादुर खत्री, वाइसिएल नेपाल नगर संयोजक दिलिप प्रजापति, प्रेस संगठन नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो ।नगर भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि हकिकुल्ला खाँ ले देशको स्वरुप माओवादी जनयुद्धकै कारण फेरिएको बताए । उनले देशमा भएका परिवर्तनका एजेण्डाहरु माओवादी केन्द्रकै भएको र हरेक वर्ग, जाति लिङ्गको मुक्तिको आन्दोलन माओवादी जनयुद्धको आरम्भसँगै तिब्रता पाएकाले आगामी दिनमा यसलाई बचाई राख्न सबैको दायित्व रहेको तर्क गरे ।

    त्यस्तै विशिष्ट अतिथि राम प्रसाद बन्जाडेले महिलाहरुलाई राज्यका हरेक निकायमा समान सहभागिता र नेतृत्वमा ल्याउनका लागि माओवादी आन्दोलनको महत्वपूर्ण भुमिका रहेको भन्दै महिलाहरुलाई आर्थिक तथा चौतफि रुपमा सक्षम बनाउन सरकारका तिनै तह ,राजनैतिक दल तथा परिवार र स्वयम व्यक्तिले नै योजना बनाउने र कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिए ।

    त्यस्तै बोल्ने क्रममा निर्मल जि सी ले देशमा संघीयताका लागि नेपाली जनताले गरेको बलिदानलाई सदैव स्मरण गर्दै पार्टीको आस्था बोकेर गोलबन्ध भई संगठनमा लाग्नु पर्ने बताए । उनले सिद्धार्थनगर नगर कमिटीले कोभिड महामारीका बखत गरेको कार्य प्रशंसायोग्य रहेको बताउदै पार्टीको क्रियाकलापलाई अझै शशक्तिकरण ढंगले अगाडी बढाउनुपर्ने कुरामा जोड दिए ।कार्यक्रममा महिला नेतृ सोनिया यादव, टिका वली, रिज्जु श्रेष्ठ लगायतले पुरुष सरह महिलाले पैतृक सम्पतिमा समान अधिकार जस्ता हकअधिकारको सुनिश्चितता नेकपा माओवादीले गर्दा नै सम्भव भएको बताए । र कतिपय संविधानमा लेखिएका कुरा कार्यान्वयन नहुँदा अझै पनि महिलाहरु घर तथा समाजमा नै सिमीत रहनुपर्ने अवस्था रहेकोले न्याय, समानता र अधिकारका लागि फेरि एक पटक सबैले हातेमालो गर्नु पर्ने कुरामा जोड दिए ।

    कमला थापाको अध्यक्षता, कल्पना परियारको स्वागत मन्तव्य र लक्ष्मी पोखरेलको संचालनमा भैरहवा स्थित होटल पौवामा भएको भेलामा ६५ सदस्यीय नगर कमिटि समेत गठन गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.