बुटवल, ३१ भदौ । बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बस कालिका चोकमा अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना घाईते भएका हुन् ।
लु २ ख ७८९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमै पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बिहानै देखिको सिमसिम वर्षाको कारण सडकमा पानी जमेकोले अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाईएको छ ।
घाईतेहरुको चौराहा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको र अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।