बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्याल स्थापना गर्ने भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थान भालुबाङ लालमटियामा शहरी विकास मन्त्रालयले मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले २०७८ को संविधान दिवसको अवसरमा ५७ जना प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई प्रदेश पदकद्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकपछि भएको पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मन्त्री परिषदमा प्रेदश पदक प्रदान गर्ने, साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको सत्तामा मुख्यमन्त्री शैक्षिक सुधारका कार्यक्रम लागु गर्ने, प्रदेश सरकारको कार्य विभाजन नियमावलीको अनुसूचीमा रहेर हेरफेर भए अनुसारको साविकको मन्त्रालयहरुले कार्य जिम्मेवारी हेरफेर भए बमोजिम सम्बन्धित मन्त्रालयहरुलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तातरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
यस्तै मन्त्री परिषद्ले राजधानी व्यवस्थापन कार्य जिम्मेवारी पर्यटन तथा शहरी विकास मन्त्रालयलाई तोकिएको हुँदा लालमटिया दाङ स्थित राजधानी व्यवस्थापनको कार्यालय ९अस्थायी० लाई अभिलेख, सम्पत्ति दायित्व जनशक्तिसहित उक्त मन्त्रालयलाई हस्तातरण गर्ने, प्रदेश राजधानी रहने स्थानमा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए । साथै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रोल्पाका रमेश बहादुर वली क्षेत्रीलाई नियुक्ति गर्ने निर्णय गरेको छ, उनले भने ।
जनमुखि बजेट निर्माण गर्ने गरी सरकारले छिटै सदन सञ्चालन गर्ने र बजेट लिने विषयमा राजनीतिक रुपमा छलफल भइरहेको उनले जानकारी दिए ।
त्यस्तै मन्त्री परिषद्ले व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ दोस्रो संसोधन स्वीकृति गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह बिश्वकर्माले जानकारी दिए । मन्त्रीपरिषद्ले भुगोल मिलानका लागि प्यूठानको झिमरुक गाउँपालिकाको केन्द्र भ्यागुतेको सट्टा मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिका वडा थपघट तथा समायोजन, बुटवल उपमहानगरपालिकाको वडा थपघट तथा समायोजन बारेमा निर्णय गरेको उनले बताए ।