logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सार्वभौम नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ : मुख्यमन्त्री केसी


    ३ असोज २०७८ , आइतबार

    सार्वभौम नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ : मुख्यमन्त्री केसी

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सार्वभौम नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको बताएका छन् ।

    उनले संविधान पालनमा विभिन्न चुनौतीका बाबजुद पनि संविधानले सार्वभौम जनताको अधिकारलाई संस्थागत गर्दै राष्ट्र सहि मार्गमा फर्किएर अगाडि बढिरहेको बताएका हुन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालन र संवर्द्धनका लागि सबैलाई आग्रह समेत गरे ।

    संविधान गतिशील दस्तावेज भएको भन्दै उनले  संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत बताए ।
    ‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ ।’ उनले भने ‘यो ऐतिहासिक दिनमा सम्पुर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरुलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु ।’

    सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ मनाइएको हो ।

    प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घाेषणा गरे ।

    सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी विकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.