भैरहवा । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी माथि हातपात भएको छ । बुटवलको ज्योतीनगरमा पहिरो अवलोकनका क्रममा मेयर सुवेदीमाथि हातपात भएको हो ।
केहीदिन अगाडि लगातारको वर्षाबाट चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिब २ दर्जन घरमा क्षति भएको थियो ।
पहिरो प्रभावितलाई सरकारले वास्ता नगरेको भन्दै स्थानीय आक्रोसित हुँदै आएका थिए । सोमबार बिहान पहिरोको स्थलगत अवलोकनका क्रममा एक स्थानीयले एक्कासी मुक्का हानेका हुन् ।
अवलोकनका क्रममा पहिरो गएको यतिलामो समयसम्म नगरपालिकाले नहेरेको भन्दै स्थानीले आक्रोस व्यक्ति गरेको थिए । त्यसैबेला एकजनाले एक्कासी मुक्का हानेका हुन् ।