logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ओमसतियाको कांग्रेस सभापतिमा चौधरी निर्विरोध


    १० असोज २०७८ , आइतबार

    ओमसतियाको कांग्रेस सभापतिमा चौधरी निर्विरोध

    भैरहवा । नेपाली कांग्रेस ओमसतिया गाउँपालिकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले भगवान प्रसाद चौधरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

    जसमा उपसभापति डोर बहादुर खत्री, राम प्रसाद घिमिरे, सचिव भुवनेश्वर प्रसाद प्रसाद चौधरी, भोजुराम जयसवाल, सहसचिव उमाशंकर चौधरी, विकेश प्रसाद चौधरी र सदस्यहरु चन्दा कुमारी थारु, लोकनाथ पौडेल, छांगुर प्रसाद चौधरी, आदित थापा, मिना खड्का, सित्तल घर्ती, दिलिप कुमार पासी, सरस्वती थारु, अमरनाथ थारु, ओमकार नाथ पाण्डेय, सुनिता कुमारी चौधरी, महबुब अन्सारी, दुधनाथ बरई, प्रेमा लोध, दुर्गेश यादव, भगवती प्रसाद केवट, मन्सा देवी चौधरी, भिख्खु केवट, मिना आचार्य, विष्णु प्रसाद श्रेष्ठ, सुनिता कुमारी यादव, धनाउती केवट, रामकेवल चाई, सुभोद यादव, जोखु प्रसाद भुज रहेका छन् ।

    एक नगरपालिका सहित रुपन्देहीका पाँच स्थानिय तहमा कांग्रेसको निर्विरोध नेतृत्व चयन :

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ मध्ये एक नगरपालिकासहित पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान निर्विरोध चयन भएका छन् । शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    निर्वाचन कार्यालयका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    त्यस्तै कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव, ओमसतिया गाउँपालिकाको सभापतिमा भगवान प्रसाद चौधरी, र गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक सहित पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.