
सांकेतिक तस्बिर
भैरहवा । पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय अमित कुमार उपाध्यायको सोमबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार पौडी खेल्ने क्रममा डुबेर उपाध्याय घाइते भएको थिए । घाइते भए लगत्तै उनलाई उपचारको लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।