बुटवल, १३ असोज । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र टिकटक बनाउन निषेेध गरिएको छ ।
क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ती जारी गर्दै क्याम्पसले टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधीको प्रयोग गर्न निषेध गरिएको बताए ।
टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानुनी कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।