पशुपति यादव
धकधई, १८ असोज । ६६ औं प्रहरी दिवसको अवसरमा मास्क वितरण तथा वृक्षारोपण गरिएको छ ।
धकधई ईलाका प्रहरी कार्यालय, धकधई सामुदायिक समाज सेवा केन्द्र र सामुदायिक प्रहरी केन्द्रको संयुक्त आयोजनामा धकधई बजार चोकमा मास्क वितरण तथा धकधई ईलाका प्रहरी कार्यालय परिसर भित्र वृक्षारोपण गरिएको हो ।
टिक, सहदवन, कल्की, कपुर जातका ५५ बढी बिरुवाहरु रोपिएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले शुभकामना मन्तव्य राख्दै प्रहरी र जनताबीच आपसी सद्भाव हुन आवश्यक रहेको बताए । उनले समाज सुधार तथा सामाजिक सुरक्षा कार्यमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउदै, जनताले पनि प्रहरीलाई आवश्यक सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा रोहिणी गाउँपालिका-३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्री, धकधई सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जय प्रकाश यादव, प्रहरी प्रमुख हरि नारायण श्रेष्ठ, धकधई ट्राफिक प्रमुख राज कुमार चापागाई, प्रहरी हवल्दार मुक्ति यादव, सामुदायिक समाजका उपाध्यक्ष प्रेम सागर शुक्ला, सचिव पंजावी यादव, कोइल देवान, सर्व चौधरी लगायतको सहभागिता रहेको थियो ।