logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    कपिलवस्तुको बहादुरगञ्जको महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन 


    २० असोज २०७८ , बुधबार

    कपिलवस्तुको बहादुरगञ्जको महामारी नियन्त्रण गर्न मुख्यमन्त्री केसीको निर्देशन 

    बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिरहेको महामारीलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिएका छन् । विगत दुई दिनदेखि तिब्र रुपमा फैलिरहेको महामारी नियन्त्रण आउन नसकेपछि मुख्यमन्त्री केसीले निर्देशन दिएका हुन् ।

    बहादुरगञ्ज नगरपालिका आसपासका जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, देवनागरिया, जुमिला, विजयनगर लगायतका गाउँहरुमा बिगत दुई दिनदेखि हैजा, झाडापखालाका बिरामी बढ्दै गएका छन् । मुख्यमन्त्री केसीले महारमारीको बारेमा जानकारी पाउँन साथमा स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई महामारी रोकथामका लागि निर्देशन दिएका हुन् ।

    उनले उक्त रोगको पहिचान गरि उपचारका लागि कुनै कमी हुन नदिन मंगलबार दिउसो नै २० गते बिहानै स्वास्थ्य सचिवको नेतृत्वमा टोलि परिचालन गरि नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए ।

    सो विषयमा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलवस्तुबाट टोलि परिचालन गरिएको बताए ।
    उनले स्वास्थ्य सामाग्री सहित आवश्यक जनशक्ति पठाई सकेको बताए । साथै देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक र कपिलवस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी दिए ।

    उनले पानीका कारणले हैजा, महामारी फैलिएको हुन सक्ने भन्दै पानीको जाँच समेत गरिरहेको बताए । शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि शुरुमा निजि क्लिनिकमा उपचार गरेपछि ३ जनाको मृत्युु भइ सकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.