logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रदेश सरकारले आज दिउँसो १ बजे नयाँ बजेट प्रस्तुत गर्दै


    २० असोज २०७८ , बुधबार

    लुम्बिनी प्रदेश सरकारले आज दिउँसो १ बजे नयाँ बजेट प्रस्तुत गर्दै


    बुटवल। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको छ । बुधबार बिहानै बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

    प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षताा बसेको मन्त्री परिषद्ले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा अध्यादेशबाट लिएको नीति, कार्यक्रम र बजेट मन्त्री परिषद्को बैठकले सरकारको सदनबाटै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको हो ।

    अघिल्लो प्रदेश सरकारले लिएको बजेट सम्बन्धि अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने भएको छ । जसमा प्रदेश सरकारको अर्थ सम्बन्धि आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकार सम्बन्धि जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

    यस्तै प्रदेश विनयोजन विधेयक प्रदेश सभामा पेश गर्ने प्रदेश सरकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, प्रदेश सरकाको आ. २०७८/०७९ बजेट बक्तव्य प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्का बताएको मुख्यन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.