पशुपति यादव
धकधई, २० असोज । रुपन्देहीको धकधईमा आज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधई र रोहिणी गाउँपालिकाको समन्वय तथा साझेदारी संस्था नमुना एकीकृत परिषद्को सहयोगमा ३२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । रोहिणी गाउँपालिका अन्तर्गत रहेका एकल महिला, आपांग, जेष्ठ नागरिक, गर्भावती महिलाहरुलाई लक्षित गरि दशैँ पर्वको कोसेली स्वरुप ३२ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
प्रति परिवारलाई २५ किलो चामल, २ किलो रहरको दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो चिउरा, २ किलो चना र १ किलो सोयाबिन वितरण गरिएको संस्थाकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नयाँ ढंगले नमुना एकीकृत परिवारले राहत स्वरुप दशैँ कोसेली प्रदान गरेकोमा धन्यवाद दिदैं अझै राम्रोसंग रोहिणी भित्र सर्वे गरि यस्ता किसिमका परिवारलाई सहयोग गर्ने संस्थाका सम्पूर्ण परिवारलाई कार्यक्रमका प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले आग्रह गरे ।
संस्थाकी अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखा सभापति अनिल कुमार कौशल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका मन्त्रि आर मोहम्मद खाँ, उपशाखा उप-सचिव मदन पोखरेल, कोषाध्यक्ष गनपत गुप्ता, दिनेश पौडेल, अमृता अधिकारी
लगायतको उपस्थिति रहेको थियो ।