logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    सेमरहवा सामुदायिक पार्कमा ३ सय बिरुवा रोपिए


    २४ असोज २०७८ , आइतबार

    सेमरहवा सामुदायिक पार्कमा ३ सय बिरुवा रोपिए


    पशुपति यादव
    धकधई । जिल्लाको रोहिणी गाउँपालिका–४ सेमरहवामा रहेको सेमरहवा सामुदायिक पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली सेना, रोहिणी गाउँपालिका, युनिभर्सल फर्मा सोसाइटी र लायन्स क्लब रोहिणीको संयुक्त आयोजनामा विभिन्न जातका ३ सय बिरुवा रोपिएको हो ।

    वृक्षारोपण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले पार्यावरण सन्तुलन राख्न वृक्षारोपणको काम महत्वपुर्ण रहने बताए । बिरुवा रोप्ने मात्रै होइन, रोपेको बिरुवाको संरक्षण गर्न पनि सबैको ध्यान दिनु पर्दछ भन्दै उनले वृक्षारोपण गर्ने व्यक्ति र संघ संस्थाले बिरुवाको उचित रेखदेख गर्न आग्रह गरे । पछिल्लो समय बिरुवा रोप्ने मात्रै होइन, रोपेका बिरुवा संरक्षणको जिम्मा लिने समेत प्रचलनको विकास भएको बताउँदै विश्वकर्माले सेमरहवा पार्कमा रोपिएका विरुवाको रेखदेखमा सम्बन्धित संस्थाले ध्यान दिनु पर्नेमा जोड दिए ।

    राष्ट्र सुरक्षामा खटिने नेपाली सेना तथा विभिन्न सामाजिक संघसंस्थाले आयोजना गर्ने यस्ता सामुहिक कार्यले समाजको सामाजिक सम्बन्धलाई मजबुत बनाउने धारणा राख्दै पुर्वमन्त्री विश्वकर्माले यस्ता कामको निरन्तरताका लागि आग्रह गरेका थिए ।

    सामुदायिक पार्कका अध्यक्ष अजय रौनियारको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा रोहिणी गाउँ पालिकाका अध्यक्ष सनोज यादव, नेपाली सेना काली भक्ती गण भैरहवाका प्रमुख सेनानी प्रकाश खडका, युसिएमएस भैरहवाका संयोजक तेज केसी, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ऋषिराम सापकोटा, जिल्ला बार रुपन्देहीका पुर्व अध्यक्ष नरसिंह चौधरी, लायन्स क्लब रोहिणीका अध्यक्ष देवेन्द्र यादव, खगेन्द्र पाण्डे लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.