
काठमाडौं, १० कार्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिने घोषणा गरेकी छिन् । आज १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाक्यले राजिनामा दिने घोषणा गरेकी हुन् ।
उनले बैठकलाई सम्बोधन गर्दै विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्ग प्रशस्त गर्न राजिनामा दिएको बताइन् । साथै आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।