logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    रुपन्देही प्रहरीले बरामद गर्यो ठुलो परिमाणमा प्रतिबन्धित विस्फोटक पदार्थ


    १० कार्तिक २०७८ , बुधबार

    रुपन्देही प्रहरीले बरामद गर्यो ठुलो परिमाणमा प्रतिबन्धित विस्फोटक पदार्थ

    भैरहवा । रुपन्देही प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षित गर्दै विभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको अवस्थामा ठुलो परिमाणको विस्फोटक पटाका रुपन्देही प्रहरीले बरामद गरेको हो । विभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

    प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ । त्यसैगरि मर्यादापुर चौकीले ५० हजार ३०० बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीको टोलिले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलिले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।

    प्रहरीले बरामद गरेको पटाकाहरुमा सामान्य खुर्सानी बम देखि शक्तिशाली आवाज दिने लसुनबम सम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलासबुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायतको रहेको समेत थापाले जानकारी दिए । प्रहरीले अन्य भन्सार छलेर ल्याएको सामान बरामद गरेर सामान ल्याउने व्यक्तिलाई उन्मुक्ति दिए जस्तै पटाकाको तस्करी गर्ने लाई भने पक्राउ गरेको छैन । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुरा गरि नस्ट गरिने प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.