logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    माओवादी घटकहरुलाई एक बनाउनुपर्छ : मुख्यमन्त्री केसी


    १३ कार्तिक २०७८ , शनिबार

    माओवादी घटकहरुलाई एक बनाउनुपर्छ : मुख्यमन्त्री केसी

    पशुपति यादव
    धकधई ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह-इन्चार्ज कुलप्रसाद केसीले माओवादी घटकहरुलाई एक बनाउनु पर्ने बताएका छन् । जिल्ला समन्वय समिति माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएकोले यी उपलब्धिहरुको रक्षा गर्न माओवादी आन्दोलनलाई एकीकृत गर्दै सबै माओवादी घटकहरुलाई एक बनाउनु पर्ने बताएका हुन् ।

    उनले भने जनयुद्धको जग र १९ दिने जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनले परिवर्तन आएको हो, त्यसैले परिवर्तनकारी शक्तिबिचको एकता अहिले पनि अपरिहार्य छ । साथै उनले पार्टीको नेतृत्वमा सरकार रहेकोले पार्टीको दृष्टिकोण र विचारका आधारसँगै गठबन्धनको समर्थनमा नै आफ्नो नेतृत्वमा सरकार चलिरहेको बताए । उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको बताउँदै अब माओवादी आन्दोनलाई एकीकृत गर्दै माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पुर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्नका लागि माओवादीको आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढ्नुपर्ने बताए ।

    माओवादी आन्दोलनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने बताउँदै त्यसलाई महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संश्लेषण गर्नुपर्ने बताए । माअ‍ोवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत रहेका मुख्यमन्त्री केसीले जनयुद्धको जगमा नै वर्तमानको परिवर्तन भएकोले अब ती उपलब्धिहरुलाई रक्षा गर्नका लागि अनुरोध गरे । उनले नेपालमा माओवादी केन्द्रको सपनालाई केपी ओलीले बज्रपात गरेको बताउँदै अब बामपन्थीहरुको एकतालाई मजबुत बनाउने महान योजनाका साथ फेरी पनि असली कम्युनिष्ट पार्टी बनाउने तिर लाग्नका लागि सबैलाई अपिल गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.