
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनका क्रममा प्रधानन्यायाधीश पक्षधर वकिल र प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको नेपाल बारको आन्दोलनरत समुहबीच सामान्य झडपको सर्वोच्च अदालतको अगाडि कानुन व्यवसायीको जुलुसमा झडप भएको हो ।
प्रदर्शनमा उत्रिएका केही कानुन व्यवसायीलाई प्रहरीले प’क्राउ गरेको छ । आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरूबिच केही बेर धकेलाधकेल भएपछि झडप भएको थियो ।
कानुन व्यवसायीहरू बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरू सबै बन्द भएपछि बाहिरी गेटतर्फ अगाडि बढेका थिए । आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।