logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    माओवादी केन्द्र गैंडहवा ३ को नयाँ नेतृत्व चयन, अध्यक्षमा विश्वनाथ कोहार


    ६ मंसिर २०७८ , सोमबार

    माओवादी केन्द्र गैंडहवा ३ को नयाँ नेतृत्व चयन, अध्यक्षमा विश्वनाथ कोहार

    दीपक जैसवाल
    सुर्यापुरा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गैडहवा गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा सम्मेलनबाट विश्वनाथ कोहरको अध्यक्षतमा १४ सदस्यीय नेतृत्व चयन भएको छ । गैंडहवा गाउँपालिकास्थित समयमाई बजारमा शनिबार सम्पन्न भएको नेकपा माओवादी केन्द्र गैदहवा ३ को वडा सम्मेलनबाट विश्वनाथ कोहरको अध्यक्षतमा १४ सदस्यीय नेतृत्व चयन भएको हो ।

    अखिल क्रान्तिकारी विद्यार्थी संगठन र वाइसीएल युवा संगठन र विभिन्न संघसंगठनमा आवद्ध भएर समाजिक राजनीति काममा समेत अध्यक्ष कोहार सक्रिय रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्र वडा नम्बर ३ को सम्मेलनबाट सर्बसहमतबाट उपाध्यक्षमा बाबुराम धवल, सचिवमा शिव प्रसाद यादव, सह-सचिवमा दीपक जैसवाल, कोषाध्यक्षमा संगीता चाई र सदस्यहरुमा गया प्रसाद यादव सहित १४ जना गरि सर्बसहमतमा चयन भएका हुन् ।

    गैंडहवा गाउँपालिका वडा नम्बर ३ माओवादी केन्द्र प्रथम वडा सम्मेलन पछि बसिएको बैठकमा बोल्दै वडा भित्र रहेका सबै नेतृत्वपंक्तिका व्यक्तिलाई संगठित गरिने र संगठनलाई चुस्तदुस्त गरिने समेत अध्यक्ष कोहरले बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.