logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गाउँका विभिन्न स्थानमा शैक्षिक सामाग्री वितरण


    १२ मंसिर २०७८ , आइतबार

    गाउँका विभिन्न स्थानमा शैक्षिक सामाग्री वितरण

    No description available.

    विवश विष्ट, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाका विभिन्न स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ अग्लुङ्ग स्थित ओख्लेदह प्राथमिक विद्यालयका २०४ जना विद्यार्थी र वडा नम्बर ५ नुवारको जनक आधारभुत विद्यालयका ३० जना र बराह प्राथमिक विद्यालयका १० जना गरी कुल ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री पाएका छन । निशुल्क रुपमा कपि, कलम, पेन्सिल पाउदा विद्यार्थीहरु खुसी भएका छन ।

    नेपाल हेल्प नामक गैरसरकारी संस्थाले विद्यालयलाई एक औपचारीक कार्यक्रम गर्दै शैक्षिक सामाग्री प्रदान गरेको थियो । विद्यालयलाई हस्तान्तरण गरिएका ती शैक्षिक सामाग्री विद्यार्थीको हातमा पुग्दा विद्यार्थीलाई भने अझ प्रोत्साहित हुँदै खुसी भएका छन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्ट, प्रधानाध्यापक अर्जुन राउत, पुर्व वि.व्य.स अध्यक्ष लाल बहादुर विष्ट, भगत बोहोरा, शिक्षक अभिभावक संघ अध्यक्ष जालपा चन्द, पुर्व शि.अ.स अध्यक्ष रेखिराम चन्द लगायत समितिका प्रतिनिधि, शिक्षकहरु, अभिभावक लगायतको उपस्थितमा प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री दिइएको थियो ।

    नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकाल,जर्मन प्रो. माइकल र डाक्टर क्लज लगायतको टिमले यस अघि विद्यालयमा उपस्थित भई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो । गैरसरकारी संस्था नेपाल हेल्पले जर्मनीहरुको सहयोगमा यो सामाग्री हस्तान्तरण गरेको हो । यसबाहेक यस संस्थाले देशका विभिन्न स्थान र विश्वका विभिन्न देशहरुमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।

    हस्तान्तरण गरिएको सामाग्रीमा कक्षा शिशु देखि ५ सम्मका २०४ जना विद्यार्थीलाई ७,१२२ थान कपि वितरण गरिएको छ । त्यसैगरी डटपेन ३०० थान, पेन्सिल १२०० थान, वितरण गरिएको छ । विद्यालयलाई ह्वाटबोर्ड, मार्करहरु, डस्टरहरु, रोस्ट्रम, पेन्सिल, कार्पेट, कुशन लगायतका करिब ३ लाख भन्दा बढी रकमका सामाग्री हस्तान्तरण गरिएको थियो ।

    कङ्के देउराली युवा क्लबले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ नुवार स्थित कङ्के देउराली युवा क्लबको सहजीकरणमा मेगा हट ग्रुपले प्रदान गरेको शैक्षिक सामाग्री बितरण गरिएको हो ।

    शनिबार एक कार्यक्रम गर्दै जनक आधारभुत विद्यालय मदाने ६ नुवारमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनक आधारभुत विद्यालयका ३० जना र बराह प्राथमिक विद्यालयका १० जना गरी कुल ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

    शैक्षिक सामाग्री अन्तर्गत प्रति विद्यार्थी १/१ झोला, कापी आधा दर्जन, टोपी १/१ थान, पेन्सिल १/१ दर्जन, इरेजर १/१ थान, कटर १/१ थान वितरण गरिएको कङ्केदेउराली युवा क्लबले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.