
भैरहवा । लुम्बिनी प्रेस क्लब भैरहवाले पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । क्लबको गत आइतबार बसेको विस्तारित बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
क्लबले आगामी मंसिर २५ गते शनिबार क्लबको कार्यालय रहेको परिसरमा साधारण सभा गर्ने निर्णय गरेको हो । क्लबको बैठकले विभिन्न पुरस्कार वितरणको लागि संयोजक समेत चयन गरेको छ ।
क्लबले भुवन कुमारी स्मृति पत्रकारीता पुरस्कार छनौटका लागि संयोजक दिपेन्द्र बडुवाल चयन गरेको छ । सिद्धार्थनगर नगरपालिका पत्रकारीता पुरस्कारको लागि शंकर पाण्डे, भाष्करानन्द शिक्षा पुरस्कारको लागि रबिन्द्र गुप्ता, लायन्स पत्रकरीता पुरस्कारको लागि कमल रायमाझीलाई संयोजक तोकेको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिएका छन् ।
क्लबले साही दिन यस अघि स्थगित गरेको चिठ्ठा खोल्ने संस्थाका महासचिव कमल रायमाझीले जानकारी दिए ।