logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ओलीदम्भको अनुमोदन (सम्पादकीय)


    २१ मंसिर २०७८ , मंगलबार

    ओलीदम्भको अनुमोदन (सम्पादकीय)
    कमल रायमाझी, सम्पादक

    कमल रायमाझी, सम्पादक

    जनमतको आधारमा हेर्दा नेपालको ठुलो दल नेकपा एमालेले अहिले आफ्नो दशौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चितवन महाधिवेशन एमालेका लागि अलि पृथक र ओलीतन्त्रको एकात्मक शैली अनुमोदन गर्ने महाधिवेशन भएको देखिन्छ । संसदमा सबैभन्दा ठुलो दलको गरिमा बोकेको यो पार्टी पछिल्लो चरणमा ओलीदम्भको कोपभाजन परेको पाईन्छ । उनको दम्भ र अहमकारी शैलीका कारण चर्चामा रहेको एमालेको अबको यात्रा लोकतन्त्रमा देखिने जनवाद भन्दा ओलीबादमा अगाडी बढ्ने पक्का भएको छ । राजनीतिक रुपमा निकै चतुर खेलाडी, उखान टुक्का जोडेर उनले दिने वाककलाले ओलीलाई नेपालको शक्तीशाली नेताको दर्जामा नेपाली जनमानसले हेर्ने गरेको छ । चट्टानी अडान, छिटो निणर्य लिनसक्ने शक्ति, कठोर निणर्य ओलीका विशेषता हुन् । उनका यी विशेषताले नेपालको राजनीति उनको वरिपरी घुमेको जस्तो देखिन्छ । विभिन्न कम्युनिष्ट पार्टीको एकिकरण हुँदै बनेको नेकपा एमालेमा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटनामा परि मृत्यु हुनुभन्दा अगाडी निकै कमजोर भुमिकामा रहेका ओली पछिल्लो चरणमा पार्टी नै कब्जा गर्ने तहमा पुग्न उनको ठुलो छल्याङ भएको राजनीतिज्ञहरु बताउने गरेका छन् । पार्टीका पुराना र त्यागी नेताहरु झलनाथ खनाल, माधव कुमार नेपालहरु विस्थापित हुनु र ओलीतन्त्रले पार्टी कब्जा गर्नु एमालेका लागि के हुन्छ । अहिले नै भविष्यवाणी गर्न निकै कठिन छ । तर विचार र सिद्धान्त भन्दा अवसर र चलखेलको राजनीतिमा टिकेको ओलीको राजनीतिले राम्रो चाहि गर्दैन भन्ने संकेत नेपाली जनताले देख्ने गरेका छन् । भारतलाई महाकालीसन्धिको अनुमोदन गराउने महत्वपुर्ण भुमिका खेलेका ओलीले त्यसपछिको राजनीतिक यात्रा भने गुट र शक्तिशाली गुण्डाहरुको वरिपरी हिडाउने गरेको देखिन्छ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाईके चरि होस् या परशुराम बस्नेत जस्ता व्यक्तिको सधै संरक्षणमा लागेका ओलीले आर्थिक रुपमा समेत समस्या झेल्नुपरेको देखिदैन । सधै रवाफ र आफ्ना गुटमा लागेका जोकोहीको बचाउ गर्दै अगाडी बढेको उनको राजनीति यात्राले एमालेलाई अहिले आफ्नो नीजि कम्पनी जस्तो बनाउन सफल भएको छ । एमालेको दशौँ महाधिवेशनको दृश्य समेत त्यस्तै देखियो । यो महाधिवेशनमा ओलीको विपक्षमा उभिनेको संख्या निकै कम देखिनु र उनले चाहेको मान्छे पदाधिकारी र केन्द्रिय कमिटिमा निर्वाचित हुनु पनि ओलीतन्त्रको निकै ठुलो सफलता मानिन्छ । विपक्षप्रति निकै कठोर भएर लाग्ने ओलीले आफ्नो भजनमण्डलीहरुलाई एमाललेको यो महाधिवेशनबाट महत्वपुर्ण जिम्मेवारी दिनु पनि उनको ठुलो सफलता मानिन्छ । तर नेपालको राजनीतिमा यो चलखेलले के सन्देश दिने हो त्यो भने केहि समय पर्खिनु पर्दछ । कम्युनिष्टहरुको विचार र सिद्धान्त हुनुपर्नेमा एमालेमा अहिले पार्टी भन्दा पनि ओली प्रवृति हावी भएको देखिन्छ । व्यक्तिको मात्र गुनगान गाउने सिद्धान्त ओलीले बनाउदा कार्यकर्ताहरु पनि ओलीलाई मात्र बुझ्ने पार्टी बुझ्ने गरेको छन् । यसका कारण नेकपा एमालेले अहिलेको चितवन महाधिवेशनलाई ओलीदम्भको अनुमोदन गराउनका लागि गरेको भेला देखिन्छ । व्यक्ति हावी र सिद्धान्त कमजोर हुने यो महाधिवेशनले ओलीलाई बलियो बनाएपनि एमालेलाई भने कमजोर बनाउने देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.