
भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ रजाड गाउँमा स्थायी बसोबास गर्ने २८ वर्षीय युवक शुक्रबार साँझ करिब ७ बजे देखि सम्पर्क बिहीन भएका छन् ।
परिवारसंगै संयुक्त रुपमा घरमै बस्ने २८ वर्षीय राजेश थारु शुक्रबार घरबाटै सम्पर्क बिहीन भएको निजको परिवारले बताएको हो ।
मानसिक र शारीरिक रुपमा आंशिक अशक्त रहेका राजेश थारु कालो ज्याकेट, कालो पाइन्ट र कालो झोला लगाएर बेथरी तिर निस्केका थिए ।
उनको खोजीकार्यका लागि छपिया ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गरिसकेको र हालसम्म निजको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको निजको दाई संजोग थारुले बताए ।
भाईको खोजतलास गरिदिन र कोहि कसैले देखेमा प्रहरीलाई वा ९८१८००४५१२ मा खबर गरि खोजी कार्यमा सहयोग लागि दाई संजोग थारुले सबैमा अनुरोध गरेका छन् ।