
अन्जना चौहान
लुम्बिनी । तराई मधेश जनता पार्टी (टाइगर्स) ले विभिन्न माग सहित पत्रकार सम्मेलन गरेको छ । सोमबार कोटिहवामा पत्रकार सम्मेलन तथा पद ग्रहण कार्यक्रमको आयोजना गर्दै पार्टीले विभिन्न मागहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै टाईगर्स पार्टीका केन्द्रीय अध्यक्ष मेजर पाण्डेयले पार्टीले भुमिगत अवस्थामा रहेको बेला पार्टीका कार्यकर्ता माथि लगाईएको मुद्दा खारेजीको माग गरेका छन् । विभिन्न अन्दोलनमा सहिद परिवारलाई सरकारले उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने उनले बताए । सरकारले राष्ट्र प्रतिको जिम्मेवारीबाट पन्छिन खोजेको उनले आरोप लगाए । सरकारले दिनप्रति दिन पेट्रोलियम पदार्थको बढाएको मूल्यको विरोध जताउदै मुल्य तत्काल घटाउनुपर्ने उनले बताए ।
पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष पाण्डेयले नेपालमा लागूगर्न खोजिएको एमसीसी अयोजनाले राष्ट्रिय घाती हुनेभएकोले तत्काल खारेज गर्नुपर्ने बताए । यसैगरी संबिधान संसोधनगरि नागरिकताको स्थाई समाधान र निर्वाचनमा पुर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखेका थिए ।
उक्त कार्यक्रममा ध्रुब शर्माले तराई मधेस जनता पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष पद ग्रहण गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य, अनिश अहमद, रुपन्देही जिल्ला अध्यक्ष मोहम्मद मुस्लिम लगायतको उपस्थिति रहेको थियो भने अजीज धुनियाले कार्यक्रम संचालन गरेका थिए ।