logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लायन्स ग्रिनसिटी बिरगञ्जमा


    ३ पौस २०७८ , शनिबार

    लायन्स ग्रिनसिटी बिरगञ्जमा

    बिरगञ्ज, ३ पुस । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी लायन्स ३२५ बि २ नेपालको सेकेन्ड डिष्ट्रिक क्याविनेट मिटिङ बिरगञ्जमा शनिबार सहभागी भएको छ । क्लबका अध्यक्ष गोविन्द प्रसाद गिरीको नेतृत्वमा १० जनाको टोलि बिरगञ्जको क्लार्क होटलमा पुगेको हो ।

    क्लबबाट प्रथम उपाध्यक्ष श्रीबहादुर रायमाझी, द्वितिय उपाध्यक्ष मनोज क्षेत्री, सचिव प्रकाश पाण्डे, कोषाध्यक्ष बिना पौडेल, सह-कोषाध्यक्ष संगिता सिंह, डाइरेक्टर अनिल थापा लगायतको सहभागिता रहेको क्लबका सह-सचिव लाल बहादुर थापाले बताए ।

    लायन्सको अन्तराष्ट्रिय पद्धति अनुसार भएको मिटिङमा लायन्स क्लब डिस्ट्रक ३२५ बि २ नेपालका ५ सय ९ क्लबबाट १६ सय जनाको सहभागिता रहेको लायन्स क्लब डिस्ट्रक ३२५ बि २ नेपालका गर्भनर रामप्रसाद भट्टले जानकारी दिए । उक्त मिटिङमा विभिन्न महत्वपूर्ण निर्णयहरु समेत गरिएको छ ।गर्भनर भट्टका अनुसार, मिटिङबाट लायन्स क्लब ३२५ बि २ नेपालको तेस्रो क्याविनेट मिटिङ बुटवलमा गर्ने, नेपाल लायन्स फाउण्डेसनबाट डिस्ट्रक ३२५ बि २ नेपालका विभिन्न क्लबहरुले प्रस्ताव गरेको प्रोजेक्टहरुलाई फाउण्डेसनबाट सिफारिस गरेको छ ।

    चितवनको सुकुम्बासी बस्तीमा चाइल्ड केयर सेन्टर स्थापना गर्ने, बिरगञ्जको एक सरकारी विद्यालयलाई क्यान्टीन निर्माण र बुटवलम ब्रेस्ट क्यान्सर अस्पताल निर्माणका लागि अन्तराष्ट्रिय लायन्सलाई प्रोजेक्ट पठाउने निणर्य गरेको गर्भनर भट्टले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.