चितनवको सुकुम्वासी बस्तीमा चाइल्ड केयर सेन्टर स्थापना, बिरगंजको राष्ट्रिय आधारभुत बिद्यालयमा क्यान्टिन निर्माण र बुटवलमा ब्रेस्ट क्यान्सर अस्पताल स्थापनाका लागि लायन्सले पहल गर्ने
कमल रायमाझी
बिरगंज, पुस । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपालको दोस्रो क्याविनेट मिटिङ बिरगंजमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५ वि २ नेपालका ५२६ क्लवका १६सय सहभागी भएको कार्यक्रममा लायन्सका गर्भनर तथा पुर्व गर्भनरहरुले लाइनिजमका विषयमा सहभागीलाई प्रशिक्षण तथा बंैठकबाट विभिन्न निर्णय अनुमोदन गरेको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपाल गर्भनर रामप्रसाद भट्टले जानकारी दिनुभयो । दोस्रो क्याविनेट मिटिङ बाट विभिन्न निर्णयहरु समेत भएको गर्भनर भट्टले बताउनुभयो । मिटिङले तेस्रो क्याविनेट मिटिङ बुटवलमा गर्ने, डिष्ट्रिक बाट आएका आर्थिक कार्यक्रमका योजनाहरु नेपाल लायन्स फाउन्डेसनमा सिपारिस गर्ने निर्णय गरेको छ । मिटिङले चितनवको सुकुम्वासी बस्तीमा चाइल्ड केयर सेन्टर स्थापना, बिरगंजको राष्ट्रिय आधारभुत बिद्यालयमा क्यान्टिन निर्माण र बुटवलमा ब्रेस्ट क्यान्सर अस्पताल स्थापनाका लागिमा लायन्स क्लव इन्टरनेशनलमा सिपारिस गर्ने निर्णय गरेको डिष्ट्रिक ३२५ वि २ नेपालले जनाएको छ ।