logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी


    १२ पौस २०७८ , सोमबार

    नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

    काठमाण्डौ, पौष १२ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ । ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए ।

    डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ । सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिए ।

    ‘अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष देखि माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ,’ डा मरासिनीले भने, ‘५ वर्ष माथि देखि १२ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं, अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं ।’ यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.