
फाइल फोटो
भैरहवा । बाक्लो हुस्सु र वर्षाका कारण गौतमबुद्ध विमानस्थल भैरहवाबाट हुने दैनिक हवाई उडान प्रभावित भएका छन् ।
मंगलबार रातिदेखि नै लुम्बिनी प्रदेशसहित देशका अधिकांश स्थानमा परेको पानीले उडान प्रभावित भएको हो । यहाँका उडानहरु नियमित भएका छैनन् । समयमा उडान हुन नसक्दा यात्रुलाई समस्या परेको छ ।
प्रतिकूल मौसम र भिजिबिलिटीका कारण उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारीले जानकारी दिए ।