logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    तमु ल्होसारमा भोलि सार्वजनिक बिदा


    १४ पौस २०७८ , बुधबार

    तमु ल्होसारमा भोलि सार्वजनिक बिदा

    काठमाडौ । सरकारले ‘तमु ल्होसार’ पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले बुधबार सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तमु ल्होसारको अवसरमा बिहीबार सार्वजानिक बिदा दिइएको जानकारी गराएका हुन् ।

    ‘वि.सं २०७८ पुस १५ गते बिहीबारका दिन तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजानिक  निकायमा सार्वजानिक बिदा दिने’ नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८/९/१४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, उपसचिव रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

    बिहीबार गुरुङ समुदायले बाघ वर्गलाई स्वागत गर्दै नयाँ वर्ष (ल्होसार) पर्व मनाउँदैछ । गुरुङहरुले हरेक वर्ष पुस १५ गते ल्होसार मनाउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.